नेपाल आयल निगममा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 09:45:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको छ । निगमले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि तह ४ देखि तह ६ सम्मका १७ कर्मचारी र २ जना तह बिहिन कर्मचारी माग गरेको हो ।

निगमले तह ६ मा रहने गरि ७ जना सहायक प्रबन्धक माग गरेको छ । त्यस्तै तह ५ मा रहने गरि ३ जना बरिष्ठ सहायक र तह ४ मा रहने गरि एक जना मेकानिकल मिस्त्री माग गरेको छ । निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ ।

निगमले इच्छुक तथा योग्य आवेदकहरुलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सकिने जनाएको छ । निगमले अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको हो ।

हेर्नुस सूचना : 

No photo description available. 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved