सिभिल लघुवित्तले माग्यो ८५ कर्मचारी, एसएलसी पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 08:35:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha    ले विभिन्न ५ पदमा ८५ जना कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक पद बाहेक सबै पदमा स्थायी नियुक्ति हुने कम्पनीले जनाएको छ । कनिष्ठ सहायक पदमा एसएलसी पास गरेकाले पनि आवेदन दिन सक्ने छन् । 

कम्पनीले इच्छुक तथा योग्य उम्मेदवारलाई कम्पनीले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँको चाबहिलमा रहेको छ ।

हेर्नुस सूचना: 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved