विद्युत प्राधिकरणले माग्यो ३३० जना कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 08:34:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा गरि ३३० जना कर्मचारी माग गरेको छ । प्राधिकरणले खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट हुने गरी कर्मचारी माग गरेको हो । 

प्राधिकरणले अधिकृत तहमा ५२ जना माग गरेको छ । त्यस्तै सहायक स्तरमा १८ जना मिटर रिडीङ सुपरभाइजर,  २६ जना लेखापाल माग गरेको छ । प्राविधिकतर्फ २१ जना इलेक्ट्रिकल सुपरभाइजर, ६ जना मेकानिकल सुपरभाईजर, २ जना सिभिल सुपरभाईजर माग गरेको छ । 

त्यस्तै १७ जना सिनियर मिटर रिडर, ३१ जना सहायक लेखापाल, ७६ जना इलेक्ट्रिसियन र ३ जना जुनियर मिष्ट्री माग गरिएको छ । फोरमें तर्फ इलेक्ट्रिकलमा ६५ जना, मेकानिकलमा ११ जना र सिभिलमा २ जना माग गरिएको छ । 

प्राधिकरणले प्राधिकरणको वेबसाइट मार्फत अनलाइन आवेदन दिन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved