एचआईडिसीएलमा रोजगारीको अवसर, माग्यो १० जना कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 10:07:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले शुक्रबार विज्ञापन खोलेको हो ।

जसअनुसार चार प्रबन्धकसहित विभिन्न १० पदमा जागिरको अवसर छ ।  कम्पनीले प्रशासन र वित्तमा एक/एक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धक माग गरेको हो । यसैगरी, दुई/दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । असोज १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई आफ्नो वेबसाइट  hidcl.org.np मा गई Online aplication मा क्लिक गरेर आवेदन दिन आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved