३६७ जना असईसहित प्रहरीमा खुल्यो ६ सयका लागि जागिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 11:48:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले झण्डै ६ सयको संख्यामा प्रहरी कर्मचारी माग गरेको छ । 

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक (असई) मा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग गरिएको छ ।

असईमा आवेदन दिन ३ सय र प्रहरी जवानमा आवेदन दिन १५० रूपैयाँ दस्तुर तोकिएको छ । कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म आवदेन दिन सकिनेछ ।

सूचनाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved