नेपाल टेलिकमले एक साथ माग्यो २७० कर्मचारी, यस्तो छ आवेदन दिने तयारी र आवश्यक योग्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 08:23:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले एक साथ २७० जना नयाँ कर्मचारी माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा गरि २७० जना नयाँ कर्मचारी नियुक्त गर्न लागेको हो । 

टेलिकमले  उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी ५ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना,  सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि दरखास्त आह्वान गरेको हो ।

टेलिकमले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन आग्रह गरेको छ । आवेदन म्याद मङ्सिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने छ । 

हेर्नुस् आवश्यक न्युनतम योग्यता : 

१. उप-प्रवन्धक, टेलिकम पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट यस कम्पनीको सम्बन्धित सेवा, समूहको अधिकृत स्तरको पदमा सुरु सेवा प्रवेशका लागि तोकिएको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र प्रचलित कानुन बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको तथा नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्ने छ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ। सम्बन्धित सेवा समूहको अधिकृत स्तरको पदमा सुरु सेवा प्रवेशका लागि तोकिएको विषय भन्नाले “टेलिकम्युनिकेसन्स एन्ड कम्युनिकेसन वा रेडियो वा इलेक्ट्रिकल एन्ड कम्युनिकेसन्स वा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स वा Information Technology, Computer Software वा Computer Hardware इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ (कम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, रेडियोमध्ये कुनै एक विषय) वा Computer Science, Information Communication वा सो सरहका विषयहरू मध्ये कुनै एक विषय वा इलेक्ट्रिकल वा इलेक्ट्रिकल इन्जिनियरिङ वा सो सरहका विषयहरू मध्ये कुनै एक विषय वा मेकानिकल, रेफ्रिजरेसन एन्ड एयर कन्डिसन वा मेकानिकल इन्जिनियरिङ वा सो सरहको कुनै एक विषय” भन्ने बुझिन्छ।

२. उप-प्रवन्धक, लेखा पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्ने छ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ।

३. उप-प्रवन्धक, प्रशासन पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्नेछ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ।

४. बरिष्ठ इन्जिनियर, टेलिकम पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट यस कम्पनीको सम्बन्धित सेवा, समूहको अधिकृत स्तरको पदमा सुरु सेवा प्रवेशका लागि तोकिएको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र प्रचलित कानुन बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको तथा नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्ने छ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ। सम्बन्धित सेवा समूहको अधिकृत स्तरको पदमा सुरु सेवा प्रवेशका लागि तोकिएको विषय भन्नाले “टेलिकम्युनिकेसन्स एन्ड कम्युनिकेसन वा रेडियो वा इलेक्ट्रिकल एन्ड कम्युनिकेसन्स वा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स वा Information Technology, Computer Software वा Computer Hardware इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ (कम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, रेडियोमध्ये कुनै एक विषय) वा Computer Science, Information Communication वा सो सरहका विषयहरू मध्ये कुनै एक विषय वा इलेक्ट्रिकल वा इलेक्ट्रिकल इन्जिनियरिङ वा सो सरहका विषयहरू मध्ये कुनै एक विषय वा मेकानिकल, रेफ्रिजरेसन एन्ड एयर कन्डिसन वा मेकानिकल इन्जिनियरिङ वा सो सरहको कनै एक विषय” भन्ने बुझिन्छ।

५. वरिष्ठ लेखा अधिकृत, लेखा पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा ५ वर्षको सेवा गरेको अनुभव हुनुपर्ने छ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ।

६. वरिष्ठ लेखा अधिकत, चा.ए. पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सर्टिफाइड पब्लिक एकाउन्टेन्सी परीक्षा उत्तीर्ण
गरी प्रचलित नेपाल कानुन बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा दर्ता भएको।

७. वरिष्ठ प्रशासकीय अधिकत पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कनै विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने छ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ।

८. वरिष्ठ व्यापार अधिकत पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह
वा अर्थशास्त्र, गणित वा तथ्याङ्क शास्त्र मध्ये कुनै एक मूल विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्ने छ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ।

९. टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट टेलिकम्युनिकेसन्स एन्ड कम्युनिकेसन वा रेडियो वा इलेक्ट्रिकल एन्ड कम्युनिकेसन्स वा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स वा Information Technology, Computer Software वा Computer Hardware इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ (कम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, रेडियोमध्ये कुनै एक विषयमा) स्नातक उपाधि हासिल गरी प्रचलित कानुन बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको।

१०. टेलिकम इन्जिनियर (कम्प्युटर) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer science, Information Technology, Information
Communication, Computer Software, Computer Hardware वा कम्प्युटर इन्जिनियरिङ वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक उपाधि हासिल गरी प्रचलित कानुन बमोजिम नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको।

११. टेलिकम इन्जिनियर (इलेक्ट्रिकल) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल वा इलेक्ट्रिकल एन्ड कम्यूनिकेसन्स वा इलेक्ट्रिकल इन्जिनियरिङ वा सो सरहका विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक उपाधि हासिल गरी प्रचलित कानुन बमोजिम नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको।

१२. इन्जिनियर, सिभिल पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक उपाधि हासिल गरी प्रचलित कानुन
बमोजिम नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको।

१३. सहायक लेखा अधिकृत पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातक तह उत्तीर्ण गरेको।

१४. सहायक प्रशासकीय अधिकृत, कानुन पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण।

१५. सहायक प्रशासकीय अधिकृत पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको।

१६. सहायक व्यापार अधिकृत पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र,
गणित वा तथ्यांक शास्त्र मध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको।

१७. ओभरसियर पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ वा आर्किटेक्ट वा सर्भे इन्जिनियरिङमा प्रमाणपत्र तह वा सो सरह
वा डिप्लोमा तह उत्तीर्ण गरेको।

१८. टेक्निसियन पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सा. वा सो सरह उत्तीर्ण गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार
तालिम केन्द्रबाट ट्रान्समिसन, आउटसाइड, पावर, स्विचिङ वा टेलिकम टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सीप परीक्षण केन्द्रबाट ट्रान्समिसन,
आउटसाइड, पावर, स्विचिङ विषयमा तह २ को सीप परीक्षण उत्तीर्ण भएको।

१९. सहायक पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. मा कम्तीमा जी.पी.ए. दुई प्राप्त वा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेको।

२०. जुनियर टेक्निसियन पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा उत्तीर्ण गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार तालिम
केन्द्रबाट ट्रान्समिसन, आउटसाइड, पावर, स्विचिङ वा टेलिकम टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सीप परीक्षण केन्द्रबाट ट्रान्समिसन,
आउटसाइड, पावर, स्विचिङ विषयमा तह १ को सीप परीक्षण उत्तीर्ण भएको।

उमेरको हद
: दरखास्त दिने अन्तिम मिति सम्ममा सहायक स्तरको पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, तह ६ देखि तह ७ सम्मको अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ८ र तह ९ को अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। साथै सबै पदका लागि महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्ने छ। उक्त प्रयोजनका लागि उमेरको गणना गर्दा दरखास्त बुझाउने अन्तिम मिति (२१ दिनको म्याद) लाई आधार मानिनेछ। दोब्बर दस्तुर बुझाई दरखास्त दिन पाउने अवधिलाई गणना गरिनेछैन। नेपाल दूरसञ्चार कम्पनीको बहालवाला स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने छैन।

परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र प्रयोगात्मक (प्राविधिक सेवातर्फ तह ३ र तह ४ को लागि मात्र) ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved