केन्द्रीय तथ्यांक विभागले माग्यो ४०० कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 11:30:32 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय तथ्यांक विभागले ४०० कर्मचारी माग गरेको छ । विभागले करारमा २०७९ असार मसान्तसम्म काम गर्नको लागि नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । विभागले १०० जना कोडर/ईडिटर तथा ३०० जना डाटा इन्ट्री अपरेटर गरि कुल ४०० जना कर्मचारी माग गरेको हो ।

विभागको चालू आर्थिक वर्षको स्वीकत राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना २०७८ को लगत प्रशोधन कायका लागि कर्मचारी भर्ना गर्न लागिएको हो । विभागले पुस १४ गते सूचना प्रकाशन गर्दै सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएको परीक्षा दस्तुर बुझाई विभागको प्रशासन शाखाबाट उपलब्ध हुने दरखास्त फाराम भरी सोही शाखामा पेश गर्न आग्रह गरेको छ। 

विभागले कोडर/ईडिटरको लागि ५०० रुपैयाँ दस्तुर तोकेको छ भने डाटा इन्ट्री अपरेटरको लागि ४०० रुपैयाँ आवेदन दस्तुर तोकेको छ । कोडर/ईडिटरको लागि आवेदन दिन  मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उतिर्ण गरेको हुनु पर्ने र अन्तर्वार्ता विधिबाट छनौट गरिने विभागले जनाएको छ। डाटा इन्ट्री अपरेटरको हकमा मान्यता प्राप्त शिक्षण संस्थावाट कम्प्युटर विषयमा  लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण  भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र अन्तर्वार्ता तह वा सो सरह उत्तीर्ण गरी रजिष्टर्ड संस्थाबाट कम्तीमा ३ महिनाको कम्प्यटर तालिम प्राप्त भएको हुनु पर्ने छ।  

आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, डाटा इन्टी अपरेटरका लागि कम्प्युटर विषय बाहेक अन्य विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको भए कम्तिमा ३ महिनाको कम्प्युटर तालिम प्राप्त प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने विभागले जनाएको छ। 

दरखास्त दिने अन्तिम दिनमा १८ वर्ष पूरा भई पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० बर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।   राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा इडिटरका लागि प्रति सामुदायिक प्रश्नावली बढीमा रु. ३, घरपरिवार सूचीकरण फाराम प्रति परिवार उल्लेख भएअनुसार कोडर/ इडिटरका लागि प्रति सामदायिक प्रवासी बढीमा रु. १ र प्रति मुख्य प्रश्नावली बढीमा रु. ५ का दरले तथा डाटा इन्ट्री अपरेटरका लागि प्रति कि स्टोक ३ पैसाका दरले हुन आउने रकम पारिश्रमिक पाइने विभागले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved