काठमाडौँ महानगरपालिकाले माग्यो २३१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 08:57:52 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले २३१ जना कर्मचारी माग गरेको छ । महानगरको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै महानगर अन्तर्गत गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वक्षणका लागि २१जन सुपरिवेक्षक र २१० जना गणक गरि कुल २३१ जना कर्मचारी माग गरेको हो । महानगरले इच्छुक तथा योग्य आवेदकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ ।  

महानगरले सुपरिवेक्षकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक (bachelor level) वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको र  १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्ने जनाएको छ। त्यस्तै सम्बन्धित स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

गणक लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह (Intermediate level) वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्ने छ। सम्बन्धित स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने उल्लेख छ ।

आवेदन काठमाडौँ महानगरपालिकाको वेबसाइट मार्फत सोही प्रणालीमा तोकेको सर्त तथा मिति २०७८/१०/२४ गते २३:५९ बजेभित्र दिई सक्नुपर्ने महानगरले जनाएको छ। भौतिक आवेदनहरू मान्य नहुने महानगरले जनाएको छ।

महानगरका अनुसार प्रणाली मार्फत प्राप्त भएका आवेदनहरू स्वीकृत पश्चात् निजको इमेल मार्फत सीप परीक्षणका लागि जानकारी दिइनेछ। छनोट भएका उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि निजको इमेल मार्फत जानकारी गराइनेछ। आवेदन दिंदा कुनै दस्तुर वा शुल्क नलाग्ने महानगरले प्रष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved