नेपाल बैंकले माग्यो ३०३ जना कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 09:35:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले एकैपटक ३०३ जना नयाँ कर्मचारी माग गरेको छ । बैंकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका कर्मचारी माग गरेको हो ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै अनलाइन मार्फत दरखास्त फारम भर्न पाउने गरी आवेदन खुलाएको हो । बैंकले कक्षा १२ उत्तीर्णदेखि स्नातकोत्तर गरेका सम्म कर्मचारी माग गरेको छ । 

बैंकले अर्थशास्त्रमा स्नातकोत्तर गरेकाहरुका लागि सहायक प्रबन्धक माग गरेको छ । यो छैठौं तह हो । यसमा खुलामा ३१ जना माग गरिएको छ । महिला ८, आदिबासी जनजाती ७, मधेसी ६, दलित २, अपाङ्ग र पिछडिएको क्षेत्रबाट एक एक जना माग गरिएको छ ।

छैठौं तहकै लागि बैंकले सीए उत्तिर्ण माग गरेको छ । सहायक प्रबन्धककै यो तहका लागि २ जना माग गरिएको छ । 

७ वटै प्रदेशका लागि ४ तहमा कर्मचारी माग गरिएको छ । प्रदेश १ का लागि ३१ जना, मधेस प्रदेशका लागि ३१ जना। बागमति प्रदेशका लागि ५१ जना र गण्डकी प्रदेशका लागि १० जना माग गरिएको छ । 

त्यस्तै लुम्बिनी प्रदेशका लागि २१ जना, कर्णाली प्रदेशका लागि २ जना र सूदुरपश्चिम प्रदेशका लागि २ जना माग गरिएको छ । प्रदेश अनुसारको पदमा आवेदन दिन ब्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।

सूचना प्रविधिमा चौथो तहका २ जना माग गरिएको छ । 

यसैगरी प्रदेशहरुमा गोल्ड टेस्टर माग गरिएको छ । प्रदेश १ मा १६ जना, मधेस प्रदेशमा १५ जना, बागमति प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना माग गरिएको छ । यसमा कक्षा १२ उत्तीर्ण र अनुभव पनि माग गरिएको छ ।

जागिरका लागि चैत १० गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved