चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 09:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने तयारी सुरु भएको छ । 

आउँदो चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने भएकाले सोही अनुसार तयारी गरिएको बताईएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १ लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।

नेपाल प्रहरीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको भएपनि अर्थ मन्त्रालयले ५ हजार घटाएर १ लाख १५ हजार जनाका लागि मात्रै बजेटको सुनिश्चितता गरेको हो ।

सबै सुरक्षा निकायलाई बजेट सुनिश्चितता गरेर अर्थ मन्त्रालयले यस सम्बन्धी पत्र आइतबारै गृह मन्त्रालयमा पठाएको छ । अर्थले गृहमा पठाएको पत्र अनुसार १ लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता गरिएको छ । 

यसटिक प्रहरी पनि बढी खटिने छन् । स्थानीय चुनावमा ६२ हजार प्रहरी खटिएकोमा आउँदो निर्वाचनमा ७२ हजार प्रहरी प्रत्यक्ष रुपमा खटिने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved