राष्ट्र बैंकले माग्यो ४३ जना कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 08:51:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ३ पदमा ४३ जनाको लागि जगिर खुलाएको छ । राष्ट्र बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना जनशक्ति माग गरेको हो ।

राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय (सहायक निर्देशक) माग गरेको हो । इच्छुक तथा योग्य आवेदकले असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म राष्ट्र बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्ने छन् । परिक्षा लोकसेवाले लिने र सबै पर्रिया काठमाडौँमा हुने राष्ट्र बैंकले जनाएको छ  ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता :

(क) सहायक निर्देशक विज्ञापन नं. १०/२०७९ पदको लागि : मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ख) सहायक निर्देशक (IT/cyber security) विज्ञापन नं. ११/२०७९ पदको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ग) सहायक (सहायक द्वितीय) विज्ञापन नं. १२/२०७९ पदको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

समावेशीताको आधार

समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले आदिवासी/जनजाति,मधेशी, दलित, अपाङ्ग र पि.क्षे.को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्नेछ।

 तलब भत्ता तथा सुविधा :बैंकको नियमानुसार हुनेछ।

उम्मेदवारको उमेर

(क) सहायक निर्देशक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०७९/०६/०६) सम्ममा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।

(ख) सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०७९/०६/०६) सम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।

(ग) राष्ट्र बैंकको बहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।

परीक्षाको किसिम :

(क) विज्ञापन नं. १०/२०७९ र १२/२०७९ को पदको लागि पूर्व-योग्यता, लिखित र अन्तर्वार्ता माध्यमबाट उम्मेदवारको छनौट गरिनेछ।

(ख) विज्ञापन नं. ११/२०७९ पदको लागि लिखित, प्रयोगात्मक र अन्तर्वार्ताको माध्यमबाटउम्मेदवारको छनौट गरिनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved