राष्ट्रिय वाणिज्य बैंकले माग्यो ११ जना चार्टर्ड एकाउन्टेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 08:49:32 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ११ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । बैंकले १ वर्षे करार सेवा अवधिको लागि ११ जना विशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) माग गरेको हो ।

बैंकले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशन भएको मिति भदौ २८ गतेदेखि ८ दिन भित्रमा आवेदन दिन आग्रह गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेकोले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार वित्तीय विवरणहरूको विश्लेषण सम्बन्धी अनुभव, एनएफआरएस सम्बन्धी कार्यानुभव र कर्जा सम्बन्धी कार्यको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ ।  अन्तर्वार्ताको माध्यमबाट उम्मेदवार छनौट गरिने र  नियुक्त हुने करार विशेषज्ञहरूलाई बैंकका विभिन्न विभाग तथा कार्यालयहरूमा पदस्थापन गरिने बैंकले जनाएको छ। दरखास्त फाराम बैंकको वेबसाइट वा बैंकको केन्द्रीय कार्यालय मानव संसाधन विभागबाट प्राप्त गर्न सकिने र परीक्षा दस्तुर सात सय रुपैयाँ रहेको बैंकले जनाएको छ ।  

बैंकका अनुसार बैंकको केन्द्रीय कार्यालय भवन सिंहदरबार प्लाजामा अन्तर्वार्ता सञ्चालन हुने छ र  अन्तर्वार्ता सञ्चालन हुने मिति पछि प्रकाशिन गरिने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved