बोटबिरुवाको हेरविचार गर्न फास्ट ट्रयाक आयोजनाले माग्यो कर्मचारी, १८ हजार तलव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 08:57:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग आयोजना (फास्ट ट्रयाक) ले १८ जना कर्मचारी माग गरेको छ । आयोजनाले वृक्षारोपण हेरालु पदको करारमा कर्मचारी माग गरेको हो 

सेनाले योग्य तथा इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन भनेको छ । काठमाडौँ स्थित जंगी अड्डा वा आयोजनाको बेसक्याम्प निजगढमा आवेदन दिन सकिने छ । 

४५ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने, बोटबिरुवा रोप्ने तथा हेरविचार गर्न सक्नेले आवेदन दिन सक्ने छन् । वागवानी वा वृक्षारोपण कार्यमा अनुभव भएकालाई प्राथमिकता दिने आयोजनाल जनाएको छ। सामान्य शारीरिक जाँच र अन्तर्वाता लिएर नियुक्ति दिईने र नियुक्ति पाएकाले बारा जिल्लाको सिमरा उप महानगरपालिका वडा नम्बर १५ तथा निजगढ नगरपालिका वडा नम्बर ८ को इलाकामा काम गर्नु पर्ने छ । नियुक्त भएकाहरुले १८ हजार पारिश्रमिक पाउने छन् । थप जानकारीको लागि ०१-४२३९४२५ मा सम्पर्क गर्न सकिने आयोजनाले जनाएको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved