वैदेशिक रोजगारीबाट फर्किनेलाई सुन ल्याउन नदिन रेमिट्यान्स व्यवसायीको माग (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 09:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा काम गरेर फर्किने कामदारले सुन ल्याउन नपाउने व्यवस्था गर्न माग उठेको छ। बिदेशीबाट कामदारले सुन ल्याउन पाउने व्यवस्थाले  रेमिट्यान्सको वृद्धिदरमा नकारात्मक असर परेको भन्दै यस्तो व्यवस्था खारेज हुनुपर्ने माग उठेको हो। 

नेपाल रेमिट्यान्स एसोशिएसनका अध्यक्ष तथा इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन पोखरेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाब लिन आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो विचार व्यक्त गरेका हुन। 

विदेशमा काम गरेर फर्किने नेपाली कामदारले गहनाका रुपमा सुन ल्याउने व्यवस्थाले रेमिट्यान्सबाट आउने पैसाको बाटो अनौपचारिक बन्न पुगेको पोखरेलले बताए। 'ठुलो मात्रामा रेमिट्यान्सबाट आउने पैसा सुनमार्फत आएको छ, यस्तो व्यवस्था खारेज गर्नुपर्छ' उनले भने।    

त्यस्तै बैधानिक बाटोबाट रेमिट्यान्स भित्र्याउनको लागि नेपाल फर्किएर पुन विदेश जाने कामदारले औपचारिक निकायबाट पैसा पठाएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गर्नलाई पोखरेलले सुझाब दिएका छन। 

बैधानिक बाटोबाट रेमिट्यान्स भित्र्याउनको लागि राष्ट्र बैंकले संचालक गर्दै आएको वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम पर्याप्त नभएको भन्दै पोखरेलले निजि क्षेत्रसंगको सहकार्यमा यस्तो कार्यक्रम संचालन गर्नुपर्ने सुझाब दिएका छन।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved