कालापानीमा मन्त्री योगेश भट्टराईको त्यो भावुक क्षण (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2020 | 05:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जेठ ४ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा पारित गर्‍यो । जेठ ७ गते बुधबार भूमी व्यवस्थामन्त्री पद्मा कुमारी अर्यालले नक्सा सार्वजनिक गरिन् । भारतले वर्षौदेखि अतिक्रमण गर्दै आएको सो क्षेत्रमा यसपाली सडक नै बनाएपछि नेपालमा भारतको विरोध भईरहको छ । भारतले नेपालले सार्वजनिक गरेको नक्सा स्वीकार्य नहुने भन्दै प्रतिक्रिया पनि दिएको छ ।

भारतसँगको सिमा विवाद नयाँ भने होइन । वर्षौदेखि २ देशबीच सिमाको विषयमा किचलो कायमै छ । यद्यपी भारतले नेपालसँगको पश्चिमी सिमाका सन्दर्भमा नेपालको भन्दा फरक मत राख्दै नेपाली भूमी नै असतक्रमण गर्दै आएको छ । विवादित भन्ने, नक्सा सार्वजनिक पनि गर्ने भारतीय प्रवृत्तिलाई नेपालीहरु हेपाहा प्रवृत्ति भन्छन् ।

काठमाडौँ–कालापानी मार्चपास

कालापनी क्षेत्रमा भारतीय हस्तक्षेपको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ–कालापानी मार्चपास गरेको थियो । २०५५ साल जेष्ठ महिनामा काठमाडौँबाट हिडेको ५७ जनाको टोलीको नेतृत्व गरेका थिए तत्कालिन अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराईले । योगेश भट्टराई वर्तमान मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । 

त्यतिबेला उनीहरुले, ‘कालापानी हाम्रो हो, छोड् हाम्रो ठाउँ, भारतीय सेना हो, आफ्नै ठाउँमा जाउ’ गीत गाएका थिए । 

कालापनी क्षेत्रमा भारतीय हस्तक्षेपको विरोध गर्न टोलीको नेतृत्व गर्दै कालापानी पुेगका योगेश मन्त्री रहेकै बेला मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक ग¥यो । आजभन्दा २२ वर्ष पहिलेको त्यो अभियान अझै पूरा त भईसकेको छैन, तर पूरा हुने दिशातर्फ छ भन्छन् उनी । 

कालापानी मार्चपासको नेतृत्वदेखि नयाँ नक्सा पारित गर्दाका हस्ताक्षरकर्ता मध्येको एक सदस्यका रुपमा आफूलाई उभ्याएका मन्त्री भट्टराईले त्यतिबेलाको क्षण कसरी सम्झिए ? नक्सा जारी हुँदाको क्षण कस्तो अनुभूति गरे ? 

हेरौँ भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved