८ युवाको कृषि कर्म, वार्षिक लाखौँको आम्दानी (भिडियो कथा)

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 03, 2020 | 05:40:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सितगंगा नगरपालिका ४ अर्घाखाँचीका ८ जना युवा ६ वर्षदेखि कृषि कर्ममा अनवरत लागिरहेका छन् । नेपाललाई कृषि प्रधान देश भनिने गरेपनि खाद्यान्न, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुसमेत आयात गर्नुपर्ने बाध्यता केही हदसम्म कम गराउन यी युवाहरुले नङ्ग्रा खियाईरहेका छन् । 

राजधानीमा बसेर क्याम्पस पढ्दै गरेका १८ देखि ३० वर्ष उमेर समूहका यिनिहरुले आजभन्दा ६ वर्ष अगाडि भक्तपूरमा तरकारी खेती सुरु गरे । वर्ष दिनमै ऋण तिरेर आम्दानी उकालो लागेपछि उनीहरुले किर्तीपूरमा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेतीको सुरुवात गरे । करिब ४० लाख रुपैयाँ लगानी गरेर उनीहरुले सुरु गरेको यो व्यवसायको ऋण वर्षदिनमै चुक्ता गरे ।

तीन जना युवाले सुरु गरेको व्यवसायिक तरकारी खेतीको समूहमा अहिले ८ जना छन् । उनीहरुले मूलुकलाई कम्तीमा पनि तरकारीमा आत्मनिर्भर बनाउने सपना देखिरहेका छन् । 

किर्तीपूरमा पनि व्यवसाय सफल भएपछि उनीहरुले गोदावरीमा ८० रोपनी जग्गामा टमाटर, काउली, बन्दालगायत दैनिक भान्छामा आवश्यक पर्ने तरकारी खेती सुरु गरे । अहिले उनीहरुले किर्तीपूर र गोदावरीमा गरेर १२० रोपनीमा लटरम्म टमाटर फलाईरहेका छन् ।

८ जनामध्येका एक रेशमराज आचार्य लकडाउनका बेला पनि आफ्नो कर्म जारी राखेको वृतान्त सुनाउँछन् । चैत्रमा रोपेको टमाटर जेष्ठ १५ बाट सामान्यतया विक्रि सुरु हुन्छ । यो क्रम मंसिरसम्मै रहन्छ । त्यसैले उनीहरुले लकडाउनका कारण उत्पादन खेर नजानेमा ढुक्क छन् । 

कहीँ कतै बाहिरबाट आएको तरकारी फालेको, खाडल खनेर पुरिएको खबर सुन्दा रेशम मन कुडिन्छ । उनी भन्छन्, ‘तरकारीबाट कोरोना सर्ने त होइन नि, बाहिरबाट आएको तरकारीको प्रयोग घटाउँदै स्वदेशी तरकारीको उपभोग बढाएर आत्मनिर्भर बन्नुपर्ने बेलामा तरकारी फालेको सुन्दा नरमाइलो लाग्छ ।’

उनीहरुले २०७२ सालदेखि एस.एन. ग्रुप अफ कम्पनी प्रा.लि. सञ्चालन गर्दै आएका छन् । एसएनको पूरा रुप ‘समृद्ध नेपाल’ हो । सामान्य परिवारमा जन्मिएका उनीहरुले २ करोड रुपैयाँ पूँजीमा कम्पनी दर्ता गरे । चूक्ता पूँजी १ करोड ४० लाख छ । 

उनीहरुको समूहमा ७ जना अध्ययनरत विद्यार्थी छन् । कोही स्नातक, कोही स्नातकोत्तर र कोही जेटिए पढ्दै छन् । अर्घाखाँचीका युवाको यो समूहमा ललितपूरका श्यामकृष्ण श्रेष्ठ पनि छन् । बेल बहादुर थापा मलेसिया गएर फर्किएका व्यक्ति हुन् । बाँकी छ जना, रेशमराज आचार्य, खिम बहादुर थापा, डिल बहादुर गैरे, किसान थापा, डुक बहादुर झाँक्री र विकास आचार्य यो टिममा छन् । 

यस वर्ष डेढ करोडको तरकारी बिक्रि गर्ने उनीहरुको लक्ष्य छ । हामी पुग्दा तरकारीको रेखदेखमै रहेका रेशमले हामीलाई गोदावरीको ८० रोपनी क्षेत्रफलमा फैलिएको तरकारी फार्म पूरै गुमाए । 

नीति निर्माणको तहमा युवाहरु कमै पुग्छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलप्रति उनीहरुको सम्मान उच्च छ । उनै ढुंगेलले एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमार्फत ८० लाख रुपैयाँ कृषि कर्जा उपलब्ध गराईदिएपछि यी युवाको हौसला थप चुलिएको छ । गोल्यान आफैँ पनि नेपालमा कृषिको ‘माटो ब्राण्ड’ चलाईरहेका व्यवसायी भएका कारण युवाको जोश देखेर कर्जा लगानी गर्न तयार भए । 

आगामी दिनहरुमा नेपालमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न के गर्नुपर्छ त ? उनीहरुले कृषि कर्म नै रोज्नुको कारण के हो ? विगतमा भोग्नु परेका चूनौती, वर्तमानले कोरेको भोलिको सुन्दर भविष्यको परिकल्पना उनी यसरी गर्छन्ः

हेरौ भिडयोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved