किन राखियो काठमाडौंका सडकमा मान्छे जस्तै देखिने ट्राफिकको 'ह्यान्डसम डमी' ? (भिडियोसहित)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Sep 02, 2020 | 10:25:27 PM मा प्रकाशित

काठमाडौंका सडकका चोक चोकमा झट्ट हेर्दा मान्छे जस्तै देखिने ट्राफिक प्रहरीका डमी राखिएका छन्। कोरोनाको लकडाउनमा चोक चोकमा राखिएका यी डमीमाथि सबैको ध्यानाकर्षण भएको छ। 

धेरैको मनमा ट्राफिक प्रहरी हुँदा हुँदै मान्छे जस्तै देखिने डमी किन राखिएका होलान भन्ने प्रश्न उब्जिएको छ भने कतिपयका मनमा कोरोनामा भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डमी राखिएको अनुमान छ। 

नागरिकहरुलाई सूचना दिन र सचेत बनाईराख्नका लागि काठमाडौंका २३ वटा चोकमा मान्छेजस्तै देखिने गरि ट्राफिक प्रहरीका डमीहरु राखिएको  महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम प्रसाद ढकालले बिजपाटीलाई बताए। 

उनकाअनुसार अझैं पनि धेरै मानिसहरुमा ट्राफिक नियम सम्बन्धि ज्ञान नभएको र भएकाहरुमा पनि चेतना कम भएकाले जरिवानाको नोटिस सहित डमी राखिएको हो। 

त्यसमापनि मादक पदार्थ सेवा गरेर रातिको समयमा सवारी चलाउनेलाई अगाडी ट्राफिक छ भन्ने देखाउनका लागि पनि मान्छेजस्तै देखिने ट्राफिकको डमी राखिएको ढकालले बताए।

ट्राफिक प्रहरीले सुरु गरेको यो अभियानलाई धेरैबाट सकारात्मक प्रतिकृया आएको बताउदै ढकालले केहि व्यक्तिहरुले डमीलाई नै वास्तविक ट्राफिक सम्झिएको बताए। 

नजिकै पुगेर हेर्दा डमी देखिएपनि केहि टाढाबाट झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले यसबाट सवारी चलाउनेहरुमा ट्राफिक नियम पालना गराउन मद्दत पुग्ने ढकालको विश्वास छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved