'बजारमा ज्यानै लिने स्यानिटाईजर बिक्रि भइरहेका छन्, सरकारलाई पत्तो छैन' (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 09:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मानिसको जीवनमा अतिआवश्यक बस्तुको रुपमा चिनिएको स्यानिटाइजरमा पछिल्लो समय बिकृति बढ्न थालेको छ। कम्तिमा तोकिएको मात्रामा अल्कोहल लगायतका पदार्थ हुनुपर्ने स्यानिटाइजरको उत्पादन तथा बिक्रि वितरणमा मनपरि हुन थालेपछि बिकृति बढेको हो। 

चीनको बुहानमा कोरोना देखिएपछि मानिसहरुको जीवनमा अतिआवश्यक बनेको स्यानिटाइजरको उत्पादन तथा बिक्रि वितरणमा नेपाल सरकारले उचित समयमा यसको व्यवस्थापन गर्न नसक्दा बिकृति बढेको विश्लेषण छ।

नेपाल औषधि व्यवस्था बिभागमा दर्ता भएका र बिभागमा दर्ता भएका सँस्था मार्फत मात्र स्यानिटाइजरको उत्पादन तथा बिक्रि वितरण हुनुपर्नेमा अन्यथा भईरहेकाले समस्या बढेको नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिव बास्कोटाको भनाई छ। 

बजारमा चियापसलदेखि पानपससम्म, जुत्ता पसलदेखि कपडापसलसम्म सबैले स्यानिटाइजर बिक्रि गरिरहेको तथा बिभागले तोकेको मापदण्ड बिपरित दर्ता नभएका स्यानिटाइजर बिक्रि भईरहेकाले तत्कालै यो बिकृति रोक्नुपर्ने बास्कोटाको भनाई छ। 


औषधि व्यवस्था बिभागमा दर्ता भएका बाहेकको स्यानिटाइजर बिक्रि वितरण गर्नलाई रोक लगाउनुपर्ने तथा बिभागका दर्ता भएका संस्थाहरुले मात्र स्यानिटाइजर बिक्रि गर्नुपर्ने उनको भनाई छ। 

छोटो समयमा कमाउने नियत भएकाहरुले जस्तो गुणस्तरको पनि बिक्रि गरिरहेकाले कोरोनाबाट बच्न प्रयोग गरिएको स्यानिटाइजरले ज्यानै लिन सक्ने उनले बताए। गुणस्तरहीन स्यानिटाइजरको प्रयोगले छालाको समस्या देखिने लगायतका स्वास्थ्य समस्या आउने भएकाले राज्यले बेलैमा ध्यानदिनुपर्ने उनको भनाई छ। 

बजारमा अहिले हानिकारक तथा गुणस्तरहीन स्यानिटाइजर बिक्रि वितरण भैरहेकाले बाणिज्य बिभाग, औषधि व्यवस्था बिभाग लगायतका सरकारका सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने अध्यक्ष बास्कोटाको भनाई छ।

यता नेपाल औषधि व्यवस्था बिभागका प्रवक्ता सन्तोष केसीले बिभागमा दर्ता भएका स्यानिटाइजर बिक्रि गर्नुपर्ने र दर्ता नभएका भए दर्ता गरेर मात्र बिक्रि गर्नुपर्ने बताएका छन। कानुनी व्यवस्था नभएकाले  अहिले कसले बेच्न पाउने कसले नपाउने भन्नेबारे बिभागले केहि गर्न नसक्ने उनले बताए। 

बिभागले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिथानल मिसावट पाईएको भन्दै ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गर्दै बिक्रि वितरण तथा उत्पादनमा समेत रोक लगाएको छ। बजारमा अहिलेपनि ज्यानै लिन सक्ने मिथानल जस्तो विषयुक्त पदार्थ मिसिएको स्यानिटाईजर बिक्रि वितरण तथा उत्पादन भईरहेको आशंका छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved