युनाइटेट सिमेन्ट्सले कोभिड १९ जस्तो जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिनेहरुको सम्मान स्वरुप निर्माण गरेको गित सार्वजनिक गरेको छ।
यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको कम्पनीले जनाएको छ।
अहिले कोभिड १९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने कम्पनीको विश्वास छ। गितमा कोभिड १९ जस्तो महामारीमा समेत आफ्नो जिम्मेवारी पुरा गर्ने कर्मठ हातहरु तथा पेशाकर्मीहरुको सम्मान गरिएको छ।
गितमा रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको स्वर रहेको छ भने गितका रचनाकार सन्तोष पौड्याल हुन्। त्यस्तै गितमा मोहितमुनालको संगीत संयोजन रहेको छ।