लगानीकर्ताको आक्रोश 'ब्रोकरले घटाईदेउ नभनेसम्म ब्रोकर कमिशन नघट्ने हो'? (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 03:29:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले शुक्रबार संयुक्तरुपमा बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् 

बोर्डलाई ज्ञापनपत्र बुझाउदै लगानीकर्ताहरुले ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गर्न माग गरेका छन् । ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्दा लगानीकर्ताको लागत कम हुने, शेयरबजारमा नयाँ युवा पुस्ताहरु आउँनको लागि प्रेरणा मिल्ने, छरिएर रहेको पुँजी एकत्रित हुने, पुँजीबजार चलायमान हुने लगानीकर्ता संघहरुको भनाई छ । 

त्यस्तै कमिशन घटाउँदा बोर्ड, नेप्से, ब्रोकर र सिडीएससीको आयमा गुणात्मक वृद्धि हुने, सरकारलाई अझ बढी पुँजीगत लाभकर प्राप्त हुने संघहरुले जनाएका छन् । सरकारलाई बढी पुँजीगत लाभकर तिर्न पाउँदा लगानीकर्ता समेत गौरवान्वित हुने भएकोले बरोकर कमिशन घटाएर लगानीकर्तालाई  गौरवान्वित हुने वातावरण समेत बनाईदिन संघहरुले आग्रह गरेका छन् । ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ताहरुले प्ले कार्ड सहित बोर्ड परिसरमा प्रदर्शन समेत गरेका छन् । 

अर्थ मन्त्रालयले घटाउन निर्देशन दिँदा समेत बोर्डले ब्रोकर कमिशन नघटाएकोमा लगानीकर्ताले आक्रोश पोखेका छन् ।  

हेर्नुस भिडियो:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved