सुवासचन्द्र नेम्वाङले भनेका थिए, ‘प्रधानमन्त्रीले चाहेर पनि संसद भंग गर्न सक्दैनन्’ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 11:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नसक्ने गरी संविधान जारी भएको भनेर बोलेको भिडियो अहिले भाइरल बनेको छ । प्रधानमन्त्री केपी ओलीले विशेषाधिकार प्रयोग गर्दै प्रतिनिधिसभा भंग गरेको भनेर उनी निकटका नेता कार्यकर्ताले भनिरहेको भएपनि २०७६ साउन ४ गते पत्रकारहरुलाई प्रशिक्षण दिँदा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका थिए । 

धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए । सोही भिडियो अहिले सार्वजनिक भएको हो । 

भिडियोः

https://www.facebook.com/bizpati/videos/143667487399300/

प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट मानिने नेम्वाङ नेकपाका दलका उपनेतासमेत हुन् । 

भिडियो स्रोतः हरि पन्थी/फेसबुक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved