ब्याजदर बढाएको बिषयलाई लिएर डेपुटी गभर्नरले पोखे आक्रोश, सीईओहरुलाई पढाए पाठ (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 10:21:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजयुद्द रोकिने गरि राष्ट्र बैंकले निर्देशन ल्याएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १५ औ साधारणसभालाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले ब्याजदर निरन्तर वृद्धि हुँदा राष्ट्र बैंक मौन नबसेको र ५ महिनासम्मको लागि ब्याजयुद्द नहुने गरि निर्देशन ल्याएको बताएका हुन् ।

उनले यो निर्देशन हचुवाको भरमा आएको नभई राष्ट्र बैंकमा रहेको अनुभवी टिमले बुझेर र गहन अध्ययन गरेर ल्याएको बताएका छन् । राष्ट्र बैंकले आफुले गर्नु पर्ने काम गरिरहेको उनले बताएका हुन् । त्यस्तै उनले बैंकहरुले एउटा कुनामा बसेर ब्याज बढाईरहँदा त्यसले आफुलाई पनि असर गर्छ भन्नेबारे सचेत रहनु पर्ने बताएका छन् ।

कार्यक्रममा उनले तरलताको समस्या बाहिर चर्चा गरिए जस्तो जटिल समेत नरहेको बताएका छन् । तरलताको छिट्टै सहज हुने भन्दै उनले नआत्तिन आग्रह गरेका हुन् । उनले भने 'तरलता अभाव भयो भन्नु सामान्य बिरामीलाई अस्पतालमा लगेर आईसीयुमा राखे जस्तै हो, बाहिर चर्चा गरिए जस्तो तरलता अभाव छैन' ।

भिडियोमा हेर्नुस् उनको अशन्तुष्टी र उनले दिएको संदेश : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved