अर्थमन्त्री भन्छन्, ‘म अर्थशास्त्र जानेको मान्छे होइन, जान्न जरुरी पनि छैन' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 03:46:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थशास्त्रबारे जानकार नरहेको स्वीकार गरेका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५ औँ वार्षिक साधारणसभामा उनले आफूलाई अर्थशास्त्रबारे जानकारी नरहेको स्वीकार गरेका हुन् । 

‘म अर्थशास्त्र जानेको मान्छे होइन, अर्थशास्त्र के हो म बुझ्दिन’ उनले भने, ‘अर्थशास्त्रै नजानेको मान्छे कसरी अर्थमन्त्री हुन्छ भन्ने यदाकदा सुनिन्छ, तर नेपाललाई यहाँकै स्रोत साधन प्रयोग गरेर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे म जानकार छु, मलाई योभन्दा बढी अर्थशास्त्र जान्नु पनि छैन ।’

उनले आयात प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved