यस्तो छ बैंक डुबेपनि ५ लाखसम्मको रकम डुब्दैन भन्ने संदेश दिने 'काजीबाको रुपैँया' (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 09:48:07 AM मा प्रकाशित

laxmi sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमा राखेको रकम सुरक्षित हुन्छ भन्ने संदेश दिन  ' काजिसाबको रुपैयाँ' नामक जनचेतनामुलक भिडियो तयार पारेको छ । कोषले बैंक तथा वित्तीय संस्थाप्रति विश्वास गर्नु पर्छ, बचत गरेर भविष्य सुरक्षित गर्नुपर्छ, पैसाको कारोबार बैंक मार्फत मात्र गर्नु पर्छ भन्ने संदेश दिन भिडियो तयार पारेको हो 

भिडियोमा हरेक व्यक्तिले बैंकमा राखेको ५ लाखसम्मको निक्षेप पूर्ण सुरक्षित हुन्छ र बैंक डुबे पनि त्यो पैसा डुब्दैन भन्ने संदेश दिन खोजिएको छ । त्यस्तै यदि ५० लाख रकम बैंकमा राख्नु छ भने १० वटा बैंकमा ५ लाखको दरले निक्षेप राखेमा सबै निक्षेप पूर्ण सुरक्षित हुने संदेश दिईएको छ । 

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भई सर्बसाधारणबाट निक्षेप संकलन गर्ने गरेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरुमा र्कहेको ५ लाखसम्मको रकम पूर्ण रुपमा सुरक्षित हुन्छ भन्ने संदेश भिडियोले दिएको छ । ति कम्पनी पूर्ण रुपमा डुबे पनि निक्षेप तथा कर्जा सुरक्षण कोषले ५ लाखसम्मको रकम फिर्ता गर्ने र कोषले नसकेमा नेपाल सरकारले त्यो रकम फिर्ता गर्ने संदेश भिडियोले दिएको छ। त्यस्तै पैसाको कारोबार गर्दा बैंकिङ प्रणाली मार्फत गर्नु पर्छ भन्ने संदेश पनि भिडियोले दिएको छ । 

हेर्नुस् भिडियो : 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved