आक्रमक रुपमा लगानी विस्तार गर्दै उपाय, आइपिओमा जाने सहित यस्ता छन् भावी योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 08:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नवीनतम सोच लिएर अनलाइन प्लेटफर्म मार्फत  सामान ढुवानी गर्ने सेवा प्रदान गरिरहेको उपाय सिटी कार्गोले अहिले आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ । उपायले हालै ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोड लगानी भित्र्याएको छ । 

 २०१८ मा लजिस्टिक्स कम्पनीको रुपमा स्थापित भएको उपायले सन् २०२१ मा डोल्मा ईम्प्याक्ट फन्ड- २ बाट १८ करोड लगानी भित्र्याएको थियो। बजारमा बलियो उपस्थिति बनाएको उपायले यी २ लगानी मार्फत आफ्नो बजारलाई थप विस्तार गर्दै आएको छ । २ करोडबाट सुरु भएको कम्पनीको पुँजी छोटो समयमा नै ३० करोड पुगिसकेको छ । यद्यपि कम्पनीले अझै पुँजी जुटाएर ६० करोड पुर्याउने योजना बनाईरहेको कम्पनी प्रबन्ध निर्देशक सुमन रायमाझी बताउछन् । 

कम्पनीले वेयरहाउस समेत संचालन गर्ने तयारी गरेकोले त्यसको लागि १७० करोडसम्मको पुँजी जुटाउने उनको भनाई छ । भावी दिनमा आईपिओ मार्फत थप पुँजी जुटाउने योजना भए पनि तत्काल भने आईपिओमा नजाने उनले प्रष्ट पारेका छन् । उनले सर्बसाधारणलाई शेयर निष्काशन गर्न अझै ४ देखि ५ वर्ष लाग्ने जनाएका छन् । 

उपायले हाल नेपालको जुनसुकै ठाउँमा ढुवानीको लागि आवश्यक पर्ने जस्तो सुकै गाडी पनि उपलब्ध गराउने गरेको छ। कम्पनीमा हाल ४ हजार भन्दा बढी चालक आवद्द छन् ।  कम्पनीले बि टु बि सेवा उपलब्ध गराईरहेको छ ।  कम्पनीले अहिले देशका ९० स्थानमा पार्सल डेलिभरी सेवा पनि सुरु गरेको छ । त्यसको पूर्ण रुपमा ट्र्याकिङ सेवा पनि रहेको छ । कम्पनीले नेपालको ५ वटा मुख्य शहरमा वेयरहाउस सेवा निर्माण गर्ने भावी योजना बनाएको छ । 

हेर्नुस् कम्पनी र कम्पनीको भावी योजना तथा चुनौतीबारे कम्पनीका प्रबन्धक निर्देशक सुमन रायमाझीसँगको छोटो कुराकानी: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved