'हत्याको प्रयास' मा पुग्यो नेरुड़े मिर्मिरे लघुवित्तमा कर्मचारीको आन्दोलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2024 | 06:32:16 PM मा प्रकाशित

nepal oil ltd

नेरुड़े मिर्मिरे लघुवित्त बित्तिय संस्थामा विगत केहि महिनादेखिको कर्मचारीको आन्दोलन हत्या प्रयासमा पुगेको पाइएको छ। नेरुड़े मिर्मिरे लघुवित्तका कोशी प्रदेश उपप्रमुख तथा लेखाप्रमुख निमिश आचार्यमाथि भएको कुटपिटको अवस्थाले आन्दोलनमा उत्रिएका कर्मचारीहरु हत्या प्रयासमा उत्रिएको देखिन गएको हो। 

हाल काठमाण्डौको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा रहेका आचार्यको शरीरमा देखिएका कुटाईका डाम र अस्पतालको रिपोर्टले आचार्यमाथि गम्भीर प्रकृतिको चोटपटक लागेको देखिन्छ। कुटपिटका कारण बेहोस भएका आचार्यलाई कोशी अस्पताल पुर्याईएको र पछि अस्पतालले काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालमा पठाईदिएको उपचारको क्रममा रहेका आचार्यको आफन्तको भनाई छ। 

के कति कारणले ज्यान लिने प्रयासले कुटपिट भयो भन्नेबारे केहि थाहा नभएको बताउदै १०-१२ जनाको समूहले ढोका बन्द गरेर अध्याँरो कोठामा कुटपिट गरेको आचार्यले बताएका छन्। आचार्यलाई साबिकका नेरुड़े लघुवित्तका कर्मचारीलाई सघाएको आरोपमा कुटिएको आशंका गरिएको छ। पछिल्लो समय साबिकमा नेरुड़े लघुवित्तका कर्मचारीहरु बिभिन्न माहसहित आन्दोलनमा रहेका छन्।  

साबिकका मिर्मिरे लघुवित्तका कर्मचारी तथा व्यवस्थापन र संचालकलाई देखाइदिने उदेश्यले अहिले आचार्यमाथि ज्यानलिने शैलीमा आक्रमण भएको नेदृदे मिर्मिरे लघुवित्त कर्मचारी युनियनका महासचिव महम्मद मक्सुद अन्सारी बताउछन। 

उनकाअनुसार साबिकका नेरुड़ेका कर्मचारीहरुको समुहले मिर्मिरेका कर्मचारीलाई दबाउने उदेश्यले यो स्तरको कुटपिट भएको हो। आचार्यलाई कुटपिट गर्ने १३ जनाको नाम नै किटान गरेर कोशी प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा संचालक समितिबाटै दबाब आएकाले कुटपिटमा उत्रने सबैको नाममा जाहेरी दिन सकिएको छैन। जाहेरी परेका ४ जनालाई पनि प्रहरीले पक्राऊ गरेको छैन।

नेरुड़े र मिरिरे मर्ज भई नेरुड़े मिर्मिरे लघुवित्त बित्तिय संस्था बनेर एकीकृत कारोबार गरीएपनि पछिल्लो समय कर्मचारीको सेवा सुविधालाई लिएर साबिकको नेरुड़े लघुवित्तका कर्मचारीहरु आन्दोलनमा छन्। उनीहरु आफुहरुलाई मिर्मिरे लघुवित्त बित्तिय संस्थाका कर्मचारीहरुलाई भन्दा बढी सुविधाको माग गर्दै आन्दोलनमा छन्। 

यद्दपि अहिले नेरुड़ेका कर्मचारीको आन्दोलन अघि साबिकका मिर्मिरे लघुवित्तका कर्मचारीहरु पनि आफुहरुलाई मर्जरपछि विभेद गरिएको र अतिरिक्त पद सिर्जना गरिएको भन्दै आन्दोलनमा उत्रिएका थिए। तर तत्कालिन संचालकले अतिरिक्त पद खारेज र सबैलाई समान हैसियत दिने प्रतिबद्दता जनाएपछि साबिकका मिर्मिरे लघुवित्तका कर्मचारीले आफ्नो आन्दोलन स्थगित गरेका थिए।

मर्जरपछि बन्ने नेरुड़े मिर्मिरे लघुवित्तको संचालक समिति र उच्च व्यवस्थापनलाई लिएर दुई लघुवित्तका संचालक र कर्मचारीबीच चरम असन्तुष्टि देखिएको थियो। नेपाल राष्ट्र बैंकको हस्तक्षेपका कारण नेरुड़े मिर्मिरेको असन्तुष्टि करिब करिब फुटमा परिणत भएको थियो। अहिलेपनि संचालक समिति सदस्य र उच्च व्यवस्थापनबीच सौहार्दपूर्ण सम्बन्ध नरहेको बताइन्छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved