यो समय घरजग्गामा लगानी गर्ने उचित समय हो (प्रोपर्टि नेपालका सीइओ खानको अन्तर्वार्ता)

सीता बुढाथोकी

सीता बुढाथोकी

Feb 28, 2025 | 06:04:22 PM मा प्रकाशित

पछिल्लो समय नेपालको घरजग्गा कारोबारमा सुस्तता छाएको छ। यो समयमा घरजग्गामा लगानी गर्नु उचित हुन्छ कि हुँदैन भन्ने विषयलाई थप स्पष्ट पार्न प्रोपर्टी नेपालका सीईओ तथा नेपाल रियलस्टेट अर्गनाइजेसनका सचिव हमिद खानलाई बिजपाटी स्टुडियोमा निम्त्याएका छौं। प्रस्तुत छ, खानसँग बिजपाटीकर्मी सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः

प्रश्न १) पछिल्लो समय घरजग्गा कारोबारको वर्तमान अवस्था कस्तो पाउनुभएको छ  ?

उत्तरः– पछिल्लो समय घरजग्गा कारोबारको वर्तमान अवस्था केही हद सम्म सुस्ताएको  छ । तर, भविष्यमा नीति नियमबाट एउटा वातावरण बन्दैछ, अबको भविष्यमा मार्केटले एउटा गति लिनेमा विश्वस्त छु । 

प्रश्न २) घरजग्गा कारोबारमा मन्दि छाएको कति समय भयो ?

उत्तरः– २०७८ देखि घरजग्गा कारोबारमा मन्दि छाउन सुरु भएको हो । लगभग साढे ३ वर्ष देखि कारोबारमा सुस्तता छाएको छ । 

प्रश्न ३) मन्दी छाउनुको कारण के देख्नु हुन्छ ?

उत्तरः– सरकारद्वारा जग्गा वर्गीकरणको प्रक्रिया अघि बढाउनु नै मन्दीको मुख्य कारण हो। वर्गीकरण नभएसम्म कारोबार रोकिएको थियो। साथै, नेपाल राष्ट्र बैंकले कठोर नियम बनाएपछि लगानी योग्य पूँजीको अभाव देखियो। बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाहमा कडाइ गर्दा बजारमा तरलता संकट देखापर्‍यो। यी सबै कारणले घरजग्गा कारोबार प्रभावित भयो।

प्रश्न ४) घरजग्गा कारोबारमा मन्दी छाउँदा कुन–कुन क्षेत्र बढि प्रभावित भएका छन ? 

उत्तरः– प्रभावित हुने क्षेत्र मध्य एउटामा सरकार पर्छ, किनभने सरकारलाई जाने राजस्वको ठुलो स्रोत घरजग्गा पनि हो, त्यसमा स्थानीय देखि लिएर केन्द्र सम्म भारी गिरावट आएको छ । त्यस्तै, घरजग्गा व्यवसायीहरु सबैभन्दा ठुलो मारमा छन् । कतिपय व्यवसायीले यो क्षेत्रनै छोडेर जानुपर्ने स्थिति पनि आएको छ । साथै, घर बनाउनदा आवश्यक कुराहरु जस्तैः सिमेन्ट, रड जस्ता सामानको उत्पादनमा पनि कमी आएको छ । यसले पनि  व्यवसायमा ठुलो असर परेको छ । 

प्रश्न ५) घरजग्गा कारोबारलाई चलाएमान बनाउनलाई कुन कुन क्षेत्रले के गर्नुपर्छ ? 

उत्तरः– घरजग्गा कारोबारलाई चलाएमान बनाउनलाई सबैभन्दा आवश्यक भनेको हाम्रो सरकार पक्ष नै हो । सरकारको नीतिगत तहबाट वातावरण बन्दैछ । जस्तै, अहिले राष्ट्र बैंकले जुन अनुसारका नीति नियमहरु  लिएर आइरहेको छ यसले एउटा सकरात्मक प्रभाव पारिरहेको छ । लगानीकर्तामा आत्मविस्वास बढ्दै गईरहेको छ । सरकारले नीतिगत रुपमा अझै धेरै यस क्षेत्रमा केन्द्रीत भएर अगाडि बढ्यो भने घरजग्गा चलाएमान हुन्छ । 

प्रश्न ६) कुनै व्यक्तिले घर, जग्गा किन्दा कसरी योजना बनाउन सक्छ ?

उत्तरः– घर, जग्गा किन्दा योजना बनाउदा पहिलो कुरा भनेको बजेट हो । अहिले बजारमा देखिएको भनेको बजेट एलोकेसन जुन हामीले गछौँ त्यसमा अलिकति गृहकार्य गर्न जरुरी छ । यसमा बजेट अनुसारको असर हुन्छ । यो क्षेत्रमा नीति नियमहरु धेरै ठाउँमा बाझिन्छन । यो क्षेत्र कानुन देखि लिएर धेरै मन्त्रालयसँग जोडिएको छ । धेरै प्राविधिक कुराहरु छन् जुन अहिले बुझिदैन, भोली गएर समस्या आउन सक्छ । यो सबै गर्नको लागि एउटा लगानीकर्ताले सहि कम्पनी भएको ब्रोकरलाई छनोट गर्न सकियो भने यी कुराहरुलाई मिलाउन सकिन्छ । इन्भेष्टरले योजना बनाउदा भोलीको भविष्य हेरेर भोलीको दिनमा कस्तो पुर्वधार आउदैछ र त्यसले त्यहाको वातावरण कस्तो बनाउछ यो कुरा बुझ्न जरुरी छ । त्यो सबै कुराहरु हेरिसकेपछि केहि समय लिएर लगानी गर्ने हो भने लगानी गर्नको लागि यो उपयुक्त समय हो । 

प्रश्न ७) घरजग्गा मूल्य स्थिर भएको अहिलेको अवस्था छ, बैंकको ब्याजदर पनि सस्तो छ, के यो समय घरजग्गामा लगानी गर्ने उचित समय हो ?

उत्तरः वर्तमान अवस्थामा घर जग्गा कारोबार गर्ने सबै भन्दा उत्तम बेलामा हो । नीति नियम र सबै तिरबाट घरजग्गामा कारोबार गर्न अहिले राम्रो माहोल श्रृजना भएको छ । आत्मविश्वास सबै भन्दा ठुलो कुरा हो । जहाँ जोखिम हुन्छ, त्यहा अवसर पनि हुन्छ तसर्थ यस क्षेत्रमा लगानी  गर्न यो उचित समय हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved