'मौद्रिक नीतिले बैंकको नाफामा खासै ठूलो असर पर्दैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 11:40:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्था परिसंघका अध्यक्ष तथा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीति समग्रमा सकारात्मक आएको प्रतिकृया दिएका छन्। ठुला उद्योगहरुलाई कसरि समेटिन्छ त्यो हेर्न बाँकी भएपनि साना मझौला व्यवसायीहरुलाई राहत दिने किसिमले मौद्रिक नीति आएको उनको भनाई छ। 

'कृषिको लागि पैसाको अभाव नहुने किसिमले मौद्रिक नीति आएको छ' अध्यक्ष गोल्यानले भने, 'कृषिमा स्रोतको कमि हुदैन तर कार्यन्वयन, परिचालन र प्रयोग कसरि हुन्छ भन्ने पाटो महत्त्वपूर्ण हुन्छ।'

बिगतमा भएको व्यवस्थालाई समायोजन गरेर आएको पुनर्कर्जाले तल्लो तह तप्का तथा लघु उद्यमीलाई समेत समेटेकाले कोरोनाले प्रभावित बनाएको नेपालको अर्थतन्त्रलाई बिगतकै बाटोमा फर्काउन सक्नेगरि मौद्रिक नीति आएको उनको तर्क छ। 

'कोरोनाले प्रभावित भएका व्यवसायीलाई जोगाउनेगरि मौद्रिक नीति आएको छ तर पनि राष्ट्र बैंकले यसको कार्यन्वयन कसरी गर्छ भन्ने महत्त्वपूर्ण पाटो हो' उनले भने, '५ प्रतिशतमै कर्जा दिने भनेको चानचुने नीति होइन, अन्य देशले यो ल्याए त्यो ल्याए भनिरहेको सन्दर्भमा राष्ट्र बैंकको मौद्रिक नीतिले राहतमा धेरै उत्कृष्ट काम गरेको छ।'

अर्थतन्त्र चलायमान 

मौद्रिक नीतिले कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष गोल्यानको बिश्वास रहेको छ। पुनर्कर्जा, कृषिमा १५ प्रतिशत कर्जा अनिवार्य, कृषकलाई क्रेडिट कार्ड, सहुलियतमा कर्जा लगायतका व्यवस्थाले अर्थतन्त चलायमान बनाउने उनको बिश्वास छ। 

उनले भने, हिजो १२ प्रतिशत ब्याजमा कर्जा लिएकाले अब ५ प्रतिशतमै कर्जा पाउँदा सिधै उसलाई ७ प्रतिशत ब्याज बचत हुन्छ। १ करोडको १२ लाख ब्याज तिरिरहेको ऋणीले अब ५ लाख तिर्नुपर्दा उसलाई ७ लाख बचत हुन्छ। यहि पैसा उसले अन्य क्षेत्रमा लगानी गर्न सक्छ भने उसले आफ्नो बस्तु वा सेवाको मुल्य पनि घटाउन सक्छ। त्यसैले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने देख्छु।  

उनले थपे, ब्याज घट्यो भने अब उसको लागत पनि घट्छ।  यसले उसको उत्पादन सस्तो हुन्छ भने काम गर्ने क्षमता पनि विस्तार हुन्छ।  अर्थतन्त्रको सबै क्षेत्र सकृय रहँदा आर्थिक गतिबिधि पनि बढ्छ र रोजगारीसँगै राजश्व पनि बढ्छ।  

बैंकहरुको नाफा के हुन्छ ?

मौद्रिक नीतिमा गरिएको व्यवस्थाले बैंकहरुको नाफामा ठुलो असर नपर्ने उनको भनाई छ। गत आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्ष धेरै नाफा नभएपनि बैंकहरुको नाफा घट्ने अवस्थामा नरहने अध्यक्ष गोल्यानको भनाई छ। 

'मौद्रिक नीतिमा भएको व्यवस्था हेर्दा बैंकहरुको नाफा नघट्ने देख्छु तर निर्देशिका कस्तो आउँछ भन्ने कुरा पर्खनु पर्छ, त्यसले मात्र नाफा कता जान्छ भन्ने स्पष्ट हुन्छ'  उनले भने, 'तर अहिलेको अवस्थामा नाफा बढेन भन्ने भन्दा पनि आफु बाँच्ने र अरुलाई पनि बचाउने कुरा महत्त्वपूर्ण हो।'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved