'कोरोना संक्रमित स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार असह्य' डा. सैयदको बिचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2020 | 06:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

डा. मनोर दिन सैयद

कोरोना महामारीले संसारनै आक्रान्त पारेको कुरा जगजाहेर नै छ। नेपालमा पनि दिनानुदिन संकमित हरु बढ्ने र अग्रभागमा रहने स्वास्थ्यकर्मीहरु समेत उच्च जोखिममा हुनेछन भन्ने कुरा हामीले शुरु देखि नै उजागर गरेको सर्वविदितै छ।  

अहिलेसम्म नेपालमा कुल संक्रमित संख्या ३० हजार ४ सय ८३ जना , निको भएका १८ हजार २ सय १४ जना र १ सय ३७ जनाको दुखद निधनले यो भाइरस कति खतरनाक छ भन्ने कुरालाई प्रष्ट पार्दछ। 

चीनमा यो भाइरस देखा पर्नासाथ कुनै दिन नेपाल आउछ र हामीले नाकामा कडाइ गर्नु पर्छ भनी बेलैमा सजग पनि गराएकै हो तथापि सबै प्रयासका बावजुद आज हाम्रो दैलोमा नै यो महामारी आइपुग्यो।  

कोभिड रोकथामको लागि ध्यान दिनु पर्ने कुरा हरु भनेको , भौतिक दुरी कायम, अनिवार्य मास्कको उचित प्रयोग, स्यानीटाइजरको बारम्बार प्रयोग , अनावश्यक भिडभाड र जमघट पूर्ण रुपले रोक, स्वास्थ्यकर्मीहरुलाइ अनिबार्य पिपीईको सुविधा, आपतकालीन बाहेकको अबस्थामा अस्पताल नजाने, यात्रा इतिहास र ज्वरो खोकी स्वासप्रस्वासका रोगी छुट्टै बस्ने. अस्पताल या वडा कार्यालयको सम्पर्कमा बस्ने , संक्रमितबाट कन्ट्याट  ट्रेसिंगमा परेका हरुले इमान्दारीका साथ (PCR) टेस्ट गर्न सहयोग गर्ने, संक्रमितलाइ समाजले दुर्ब्यबहार नगर्ने र स्थानीय सरकारले गरेको लकडाउनको पालना गर्ने आदि हुन्। 

कसरी स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुगे ? 

प्रमुख कारण भनेको संक्रमित व्यक्तिको उपचार गर्दा नै सरेको हो।  हामीलाई सुरु देखि नै थाहा थियो कि हामी सम्भावित जोखिममा छौ तर पनि घर परिवार, सुविधा सबै कुरालाइ त्यागेर न्यून सेवा सुविधा , बिना व्यक्तिगत सुरक्षा कवच (PPE) अहोरात्र जनताको सेवामा मोर्चा सम्हालेको हो।  

आज सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएर अस्पताल या घरमा आइसोलसनमा रहेको बेलामा समुदायस्तर बाट घरमै आएर संक्रमितको घर हो भन्दै ब्यानर टास्ने, राजधानीको बानेश्वर जस्तो उच्च व्यक्तित्वहरु बस्ने ठाउमा आज मात्रै भएको संक्रमित स्वास्थ्यकर्मीहरु बसेको घर घेराउ र दुर्ब्यबहार अत्यन्तै खेदजनक र असह्य छ।  

२ दिन पहिले मात्रै त्रिबिको मनमोहन मुटु अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण प्रयास भयो। यसरी अस्पताल जस्तो पवित्र ठाउमा हुलहुज्जत गर्ने, चिकित्सकहरुको सवारी साधन तोडफोड गर्ने, भौतिक आक्रमण गर्ने जस्ता अमानविय कार्य गर्ने जो कोहीलाई संसारका अधिकांश देशमा चलनमा आइसकेको (Jail Without Bail) अर्थात् बिना धरौटी जेल चलानको व्यवस्था नेपालमा पनि तुरुन्तै लागु हुनुपर्दछ। 

स्वास्थ्यकर्मीहरुमाथि बारम्बार हुने यस्ता घृणित कार्यहरुबाट कत्ति पनि बिचलित नभई देशमा आइपरेको यो महामारीलाई परास्त गर्न राज्य, सरोकारवाला निकाय र सम्पूर्ण  स्वास्थ्यकर्मीहरुलाइ कानुनी राज्यको पालना गर्न आव्हान गर्दै संक्रमित जो कोहि लाइ पनि दुर्ब्यबहार हैन, सहयोग र उपचारमा ध्यान दिन सबै एकजुट हुनु जरुरी देखिन्छ।

 लेखक डा. मनोर दिन सैयद नेपाल मेडिकल काउन्सिल सदस्य साथै स्वास्थ्य विश्लेषक समेत हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved