जातीय द्वन्द भड्किने खतरा कति र को बाट ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 28, 2021 | 06:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

१२ बुँदे दिल्ली सम्झौता नेपालमा कार्यान्वयनमा आईसकेको थियो । २०६३ मा १९ दिने जनआन्दोलनको भिड सामू राजा ज्ञानेन्द्र शाहले घुँडा टेकेको तथ्य सबैलाई थाहा नै छ । राजा ज्ञानेन्द्र सत्ताबाट बाहिरिन तयार भएपछि एउटा अनौठो दृश्य देखा पर्यो, जुन आज पर्यन्त देखिँदै आइएको छ ।

त्यो हो, पृथ्वीनारायण शाहको सालिक तोडफोड । राजाहरुले आफूहरुलाई मारमा पारेको भन्दै विशेषगरी जनजाती समुदाय पृथ्वी नारायण शाहको सालिक तोड्न कम्मर कसेर निस्किए । जहाँ जहाँ राजाको सालिक छ, त्यहाँ त्यहाँ तोडफोड गर्ने कार्यक्रम नै बन्यो । तर, राजाको सालिक भत्काएर उक्त ठाउँमा कार्ल मार्क्स, माओ र लेलिनका सालिक उभ्याईएनन् ।

त्यसपछि मानिसहरु अभियानप्रति शंका गर्न लागे । अहिले एकाध टाउका बाहेक यो अभियानमा मान्छे छैनन् । किर्तीपूरको ढुंगामा थुक्ने अभियान पनि यसैको अवशेष हो ।

राजाको सालिक भत्काएपछि के भयो ?

देशैभर धमाधम राजाको सालिक भत्काउन थालियो । पोखरातिर सहिद लखन थापा मगर, हेटौंडातिर भगवान गौतम बुद्ध र कतै कतै चाहिँ बिसे नगर्चीको सालिक उभ्याईयो । यसको भित्री खेल राजसंस्था भर्सेज जनजाती समुदाय, हिन्दु धर्म भर्सेज बौद्ध धर्म बनाएर धार्मिक द्वन्द भड्काउने थियो ।

जातीय र धार्मिक मुद्दामा मूलुकलाई फसाउँदै लैजाने परियोजना अन्तर्गत राजसंस्थासँग जोडिएको चोकको नामसमेत फेर्न थालियो । यो पंक्तिकार राजाको समर्थक होइन । तर पनि अध्ययनका क्रममा फेला परेका तथ्यहरु केलाउँदा यस्तो नेपालमा धार्मिक द्वन्द चाहने शक्ति ठूलै छ भन्ने देखिन्छ ।

‘कसैको मुर्ति तोडेर शान्तिको अग्रदूत भगवान गौतम बुद्धको मुर्ति राख्नु कुनै वौद्धमार्गीको काम होइन, थिएन’ अभियान्ता मोहन लामा रुम्बा लेख्छन्, ‘त्यसलाई  विवादास्पद बनाएर जातीय रंग दिनु थियो । एकातिर यस्तो काम धमाधम भईरहेको थियो भने अर्कोतिर त्यसबखत माओवादी नेताहरू प्रचण्ड बाबुराम भट्टराई ठाउँ ठाउँमा गएर तपाईंहरुको भूमि पृथ्वीनारायण शाहले लुटेको थियो हामी तपाईंहरुलाई तपाईंहरुको पू्र्खाको लुटिएको भूमिको लालपुर्जा दिन आएका हौं भन्दै भाषण गर्दै हिडेका थिए ।’

ताम्सालिङ, मगरात, तमुवान, लिम्बुवान, खुम्बुवान जस्ता जातीय राज्य स्थापनाको नाममा जातीय संस्था खोलेर भड्काउने पनि प्रचण्ड र बाबुरामहरु नै भएको अभियान्ता लामाको ठोकुवा छ । 

‘पश्चिमी आईएनजीओले जातीय संस्थाको प्रतिनिधिहरुलाई जातीय राज्यको सिमाना अवलोकन भ्रमण भन्दै तामाङलाई सुनकोसी नदिको तिरैतिर, मगरलाई गण्डकी नदिको तिरैतिर घुमाउदै यहाँनेरबाट वारि हाम्रो जातिको पारी फलानो जातिको भन्दै अवलोकन भ्रमणको नाउँमा जातीय नेताहरूलाई लजिङ फुटिङ ट्राभल सबै व्यवस्थापन गर्दै घुमाउँदै थियो’ रुम्बा लेख्छन्, ‘अचम्म चाहिँ के थियो भने एउटै आईएनजीले सबैलाई घुमाएको छ तर लिम्बुवानले दावी गर्ने आधा भुमिमा एक मधेस प्रदेशले आफ्नो नक्सामा घुसाएको छ । थारुहटले दावी गर्ने भूमिमा तामाङले आफ्नो ताम्सालिङ नक्सामा पारेको छ, उता मगरातले दावी गर्ने ठाउँमा तमुले आफ्नो नक्सामा घुसाएर तमुवान भन्दै उफ्रिदै हिन्थे ।’

जातीय राज्यको मुद्दा अब के हुन्छ ?

रुम्बाकै भाषामा, त्यतिबेला एकजना तामाङ नेताले ‘हाम्रो ताम्सालिङको सुनकोसी वारिसम्म लिम्बूले दावी गर्दै छ रे होई, यतासम्म आयो भने ‘खाइ... खाइ...गोज से लब्श्यर्न थागे ! (खोइ...खोइ.... खुकुरी ले च्वाट्ट काट्नु पर्ला है) भन्दै भाषण गरेका थिए ।’

‘भारतको सत्ता परिवर्तन भएर नरेन्द्र मोदीको सरकार आएपछि पश्चिमी परियोजनामा भारत असहमत भएपछि पश्चिमी देशको लागि उत्तर दक्षिण नै प्रतिकुल देखेपछि एक स्टेप पछी हट्न बाध्य भएर जातीय राज्यको अभियानबाट प्रचण्ड र बाबुरामहरु एककदम पछि हटेका मात्रै हुन्’ उनी भन्छन्, ‘अझैसम्म बाबुरामको खल्तीमा यो मुद्दा जिउँदै छ । पर्खाई अनुकूल वातावरणको हो ।’

‘चुच्चे र थेप्चेको लडाइँ त पहिलो स्टेपको परियोजना हो दोस्रो स्टेप सुरु नहुँदै वातावरण बिग्रँदै गएर मात्रै हो त्यो स्टेपको भनेको ११ प्रान्तीय जातीय सरकार थियो जुन कार्यान्वयन भएको भए यतिबेला चुच्चे र थेप्चेको होइन थेप्चे थेप्चे बीचमा सुनकोसी नदि वारी र पारी तामाङ भर्सेज राई लिम्बु र बनेपा धुलिखेल कसको पू्र्खाको भन्दै नेवार भर्सेज तामाङ, उता गण्डकी नदि वारि र पारी गुरुङ र मगर खुकुरी हानाहान भैसकेको हुने थियो’ रुम्बा लेख्छन्, ‘अतः पृथ्वीनारायण शाहको सालिक उभ्याउनु भनेको एकताको प्रतीक थियो भने त्यो ढाल्नु भनेको बिखण्डनको प्रतिक थियो । त्यसैले जब त्यो ढाल्यो र ढल्यो त्यसपछि नेपाली नेपालीबीचको एकता ढल्न सुरु भयो ! जातजाति क्षेत्र भूगोल बिचमा जोड्ने धागो चुंडिन सुरुवात भयो । त्यो एकताको धागो चुंडेपछि सुनकोसी नदि पारी र वारीको गण्डकी वारि र पारीको काठमाडौको डाँडा पल्लो पट्टि र अल्गो पट्टिका बिचमा भावनात्मक एकताको धागो चुंडेपछी हुने भनेकै यही थियो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved