राष्ट्र बैंकको आजको निर्देशनले कस्तो असर पर्छ ? यसो भन्छन् नबिलका महाप्रबन्धक मनोज ज्ञवाली

मनोज ज्ञवाली

मनोज ज्ञवाली

Nov 14, 2021 | 06:58:35 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल राष्ट्र बैंकले निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ। जुन निम्न अनुसार रहेको छ । 
1. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यसअघि तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो।
2. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले आफ्नो बैंक ले प्रकाशित गरेको ब्याजदरमा 10% थप गरि गर्न पाइने ब्यबस्था थियो।
3.ब्यक्तिगत मुद्दति निक्षेपमा 0.50% थप गरेर दिन पाउने ब्यबस्था हटाईयो। अब बैकहरुलाई ग्राहक हेरी 0.50% थप ब्याजदर दिन पाउने छैनन्।
4. आफुसंगै रहेको निक्षेप मा पुन बोलकबोल गर्नु परेमा 0.10% सम्म थप गरि निक्षेप संकलन गर्न पाईनेछ।
यसको असर:
1.बैकहरु ले आफुखुशी ब्याजदर प्रकाशित गर्न पाउने छैनन्। सबै बैकहरुको संस्थागत निक्षेप को ब्याजदर 9.05% को हाराहारी हुने देखिन्छ भने ब्यक्तिगत निक्षेपको ब्याजदर 10.05% हाराहारी हुने देखिन्छ।
2. बोलकबोलको निक्षेप जुन बैंकसंग छ त्यहि त्यहि बैंक मै नवीकरण हुने अबस्थालाई देखिन्छ। यसले गर्दा बैकहरुको निक्षेप तानातान भएर CD नै नाघ्ने अबस्थामा अली सहजता हुनेछ।
3. बैंकहरुले एउटै प्रकारको निक्षेपमा पनि मागेमा 0.50% थप्ने नत्र कम दरमा नै निक्षेप लगिदिने काम बन्द भएको छ।
यसले हालको निक्षेप रु 47.91 खर्ब र कर्जा रु. 45.35 खर्ब सहितको बैकिङको CD ratio 89.95% लाई कुनै सहजता प्रदान गर्ने होइन तत्कालै बैंकिंग को ब्याज दर निर्धारण को guidelines मात्र दिएको देखिन्छ।  

ज्ञवाली नबिल बैंकका महाप्रबन्धक हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved