दोहोरो चरित्रले प्रचण्ड–माधबको राजनीतिक नैतिकता ‘स्वाहा !’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 02:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा अहिले जनमत विभाजित छ । यस विषयमा सत्ता गठबन्धनभित्रै दुई खालका कुरा आएका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदमा टेवल गराउने पक्षमा छन् । 

सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल सबैको सहमति चाहिन्छ भनिरहेका छन् । यति मात्रै होइन, एमसीसीका सम्बन्धमा माओवादी र नेकपा एसका कार्यकर्ता आन्दोलनमा सडकमा छन् । 

कुनै चलचित्रमा कुनै कलाकारको दोहोरो भूमीका हुन्छ । अलिअलि नक्कली दाह्री हालेर त्यही मान्छे बा र दाह्री नहालेर त्यही मान्छे छोराको भूमीकामा रहेका चलचित्र धेरै छन् । तर, एउटै मान्छे सरकारमा र सरकार विरुद्दको आन्दोलनमा भने देख्न खासै पाइँदैन । त्यो पनि संसदीय व्यवस्थामा त झन कल्पनाभन्दा बाहिरको कुरा हो ।

संसदीय व्यवस्थामा सत्ता पक्षको भूमिका संसदका कार्यसूचीको समर्थन गर्नु हुन्छ । यति मात्रै होइन, संसद र संसद बाहिर सरकारको रक्षा गर्नु र संसदमा पेश भएका कार्यसूचीमा समर्थन गर्दै त्यस अनुकुल जनमत निर्माण गर्नु सत्ता पक्षको भूमीका हो । यसको ठिक विपरित, आलोचना गर्नु, आन्दोलन गर्नु प्रतिपक्षको भूमीका हो । 

तर बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षका सांसदले एमसीसी टेवल गर्न नदिने अडान राखे । सडकमा पनि माओवादी र नेकपा समाजवादीका नेता कार्यकर्ता उर्लिए । माओवादी नेता नारायणकाजी श्रेष्ठ त झन नयाँ बानेश्वरस्थित संसद भवन अघिको एमसीसी विरोधी प्रदर्शनमा सहभागी नै भए । उनीहरुले सरकारविररुद्ध नारावाजी गरे । 

माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा पनि बस्ने र सरकारविरुद्द नै सडकमा आन्दोलनमा उत्रिने दोहोरो चरित्रका कारण आलोचित बने । माओवादी र एकिकृत समाजवादीमाथि राजनीतिक चरित्रको प्रश्न उठेको छ । 

एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्र छताछुल्ल नै भएको छ । संसदमा दर्ता रहेको एमसीसी सम्झौता पारित गर्न थप समय आवश्यक पर्ने भन्दै समय माग गर्दै देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र नै सार्वजनिक भएको थियो । भित्रभित्र एमसीसी पास गर्न समय माग गर्दै पत्र लेख्ने र बाहिर भने कडा आलोचना गर्ने दोहोरो चरित्र प्रचण्डको देखिँदै आएको छ ।

आफू सहभागी भएको सरकार र गठबन्धनमा कुनै विषयमा सहमति गर्नै नसक्ने किसिमको विमति रहे सरकार छोडेर सडकमा आएर आन्दोलन गर्न सक्ने छुट भएपनि सरकारमा पनि बसिरहने र सोही सरकारविरुद्द सडकमा नारावाजी गर्ने दोहोरो चरित्रले प्रचण्ड र माधब नेपाल अहिले राजनीतिक नैतिकताको कठघरामा उभिनु परेको छ ।

सरकारमा बसेर सरकारकै विरुद्दमा सडक आन्दोलन गर्ने दोहोरो नीति लिएका कारण उनीहरुमाथि राजनीतिक इमानदारिता र नैतिकताको प्रश्न खडा भएको छ । एमसीसी सम्झौतामा माओवादी र अहिले एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादीका नेताहरु कुनै न कुनै प्रक्रियामा जोडिएकै हुन् । 

सरकारमा पनि बस्ने र सडकमा आन्दोलन गरेर सरकारलाई नै दबाब दिने काम विगतमा मधेशवादी दलहरुले गरेका थिए । अहिले त्यो काम माओवादी र एकीकृत समाजवादीले गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved