सेयर मूल्य धेरै घट्यो भन्ने क्षणिक चिन्ता बोकेर बढाई दिने फिराद गर्न आएका हैनौं: तिलक कोइराला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 04:17:24 PM मा प्रकाशित

laxmi  sunrise bank

हामी सर्बसाधारण सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधार र विकासका लागि लामो समयदेखि पहल गर्दै आएको करा बिदितै छ । नेपाल धितोपत्र बोर्ड र सरकार आफैले गर्छ भनेका कामहरु तत् समयमा नहुँदा पूँजी बजारको सुधार र बिकास प्रक्रिया अबरुद्ध हुनुका साथै हामी सेयर लगानीकर्ताहरुले समेत गंभीर खालको क्षति र चरम नैराश्यताको अबस्था भोग्न परेको छ र यसले पूँजी बजारको अवस्थालाई बर्षों पछाडि धकेलेको छ।

पूँजी बजारलाई आवश्यक नीति निमयको बन्दोबस्ती, अत्याधनिक पूर्वाधार र प्रविधि नहँदा लाखौं लगानीकर्ता प्रत्यक्ष मारमा परेका छौं । पटक- पटकको हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पूँजी बजारको संबेदनशिलता र ५२ लाख भन्दा बढी लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनु परेको छ। पुरा हुनैपर्ने निम्न मागहरु राखेर हामी लगानीकर्ताका तर्फबाट लगानीकर्ता तिलक कोइराला यही असार १ गतेदेखि तेस्रो चरणको आमरण अनशनमा बस्ने तयारी भएको छ।

सरकार तथा नियमनकारी निकायहरु आफैले गर्छ भनेका कामहरु नगर्दा हामी लगानीकर्ताहरु आमरण अनशन जस्तो अन्तिम विकल्प प्रयोग गरी पूँजी बजार सुधार र विकासको अलाप गर्नु परेको छ र यस्तो घटना अरु कुनै पनि देशमा नभएकोले विश्व साम् लाजमर्दो समेत छ। 

नेपाल धितोपत्र बोर्ड हामी सबै लगानीकर्ता र पूँजी बजार सम्बद्ध निकायहरुको सर्वोच्च नियमनकारी र अभिभावक भएकाले हामीलाई आमरण अनशनमा राखेर मार्ने कुरामा विस्वास गर्दैनौ। धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षज्यू पूँजी बजारमा राम्रो सुधार र बिस्तार गरेर देखाउँछु भन्ने दह्रो आत्मविस्वास र ईच्छा शक्ति लिएर आउनु भएको र अन्तराष्ट्रिय क्षेत्रमा ख्याती र अनुभव समेत हासिल गर्नु भएको व्यक्तित्व हुनु भएकाले हाम्रा मागहरूबारे भित्रैदेखि गंभीर भएर तत्काल कदम चाल्नुहुने अपेक्षा गरेका छौं। धितोपत्र बोर्डले चाह्यो भने पुरा हुन नसक्ने हाम्रा कुनै माग छैनन् र कुनै पनि माग पूँजी बजार भन्दा बाहिरका विषयसंग सम्बन्धित पनि छैनन्।

अहिले सेयरको मूल्य धेरै घट्यो भन्ने क्षणिक चिन्ता बोकेर बढाई दिने फिराद गर्न हामी यहाँ आएका हैनौं । सेयर बजारमा सेयरको मूल्य घट्यो कि बढ्यो, नेप्से सूचक कहाँ पुग्यो, कुन कम्पनीको सेयरको मूल्य कति हुनुपर्ने हो, कुन कम्पनी खराब र राम्रो, कसले कमायो, कसले गुमायो भन्ने कुरा सरकार र नियमनकारी निकायहरुको चासोको विषय बनैहन र बजारका यी कुराहरुलाई प्रूभाव पार्ने र अस्थिर बनाउने गरी कुनै पनि कदम चालिनुहुन्न। बजारका लागि सही नीति नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती र कडा नियमन गरी उल्लेखित कुराहरु बजारलाई नै छाडिदिनुपर्छ, बजारले आफै निधारण गर्छ भन्ने कुराको समेत ध्यानाकर्षण गराउँछौ।

हामीले अगाडि सारेका १९ वटा मागहरु मध्ये १३ वटा मागहरु धितोपत्र बोर्डबाट एकै दिनमा निर्णय गरी कार्यान्वयनमा अगडि बढाउँन सकिने खालका छन् भने अरु मागहरू अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी निर्णय गराउनुपर्ने खालका छन्। मन्त्रालय र राष्ट्र बैंकले पनि ती मागहरुबारे एकै दिनमा निर्णय गर्न सक्छन्। यहाँ समावेश भएका मागहरु पूँजी बजारको विकासका लागि तत्काल हुनुपर्ने न्यूनतम मागहरु हुन र पूँजी बजारलाई विकशित र विस्तारित गरी विश्वका अरु देशको स्तरमा उठाउँन अरु धेरै कामहरु गर्नुपर्ने हुन्छ। 

 पूजी बजार सुधार र बिस्तारका कामहरु गर्न अध्यक्षज्यूलाई कहीं कतैबाट रोकावट अफ्ठ्याराहरु सिर्जना गरिएमा त्यसलाई हटाउन समेत हामी लगानीकर्ताहरुका तर्फब सशक्त पहल हुने र दर कदमहरुमा साथ, सहयोग र समर्थन रहिरहने विस्वास दिलाउँछौं ।

हाम्रा मागहरु

१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।

२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।

३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।

४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।

५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । 

६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । 

७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । 

८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । 

९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । 

१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । 

११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । 

१२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । 

१३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । 

१४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  

१५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । 

१६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । 

१७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । 

१८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । 

१९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

तिलक कोइराला पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक हुन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved