'मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्यो, गभर्नर पुँजीबजार विकासको बाधक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 07:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति 'हात्ती आयो , हात्ती आयो फुस्सा' जस्तो भएको बताएका छन् । मौद्रिक नीतिबारे प्रतिक्रिया दिदै उनले मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई केहि पनि नदिएको र गभर्नर नै पुँजीबजार विकास र विस्तारको बाधक भएको बताएका हुन् ।

उनले ४/१२ को नीतिमा ४ खारेज गरेर १२ कायम नै राख्दा राष्ट्र बैंकले दिए जस्तो मात्र गरेको बताए । उनले अहिले पनि ३ वटा बैंकबाट ऋण लिई नै राखेकोले ४ मात्र हटाउँदा ठूलो कुरा नभएको र राष्ट्र बैंकले दिए जस्तो मात्र गरेको बताए । १२ को सीमा नहटाएर राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई निरुत्साहन गरेको उनले बताए।

त्यस्तै उनले जोखिम भार तत्कालिन डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कमिटिले हटाईसकेको उल्लेख गर्दै गभर्नरलाई २५ लाख रकम ठूलो रकम लागे पनि लगानीकर्तालाई त्यो सानो रकम नै भएको बताए । एउटा पान पसल खोल्न पनि न्युनतम २५ लाख लाग्ने उल्लेख गर्दै उनले २५ लाखको रकम सानो नै भएको बताए । गभर्नरले दिए जस्तो मात्र गरेको उनले बताए ।

मौद्रिक नीति कार्यन्वयन गर्दा आउने सर्कुलरमा जोखिम भार घटेर १०० प्रतिशत नै आउने र ४/१२ मा रहेको १२ को सीमापनि हट्नेमा आफु अझै पनि आशावादी रहेको उनले बताए ।

उनले बजार घट्ने बढ्ने क्रम सामान्य रहेपनि समग्र पुँजीबजार विकासको लगानी संस्थागत लगानीकर्ता आउनु अपरिहार्य रहेको र राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई निरुत्साहित गरेको उनले बताए । उनले भने '१२ करोड मात्र ऋण लिएर के लगानी गर्ने ? लगानीकर्ताले गत वर्ष १४ अर्ब कर तिरेका छौ , गभर्नरले त्यसको अबमुल्यन गर्नु भयो, बजारमा ५२ लाख लगानीकर्ता छन् , गभर्नरले ति लगानीकर्ताको पनि अबमुल्यन गर्नुभयो'। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved