व्यवसायीले मात्रै होइन, बैंकहरुले पनि आत्मबिश्वास गुमाउदैछन् : सुनिल केसी-अध्यक्ष बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2024 | 07:53:13 AM मा प्रकाशित

कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले व्यवसायीले मात्र नभई बैंकहरुले पनि आत्मविश्वास गुमाउदै गएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले बैंकको ब्याजदर कम हुँदा पनि व्यापार व्यवसाय चलायमान नहुँदा बैकहरुले पनि आत्मविश्वास गुमाउने अवस्था आएको बताए। 

केहि समय अगाडीसम्म ब्याजदर महँगो भएकाले ब्यापार व्यवसाय चलायमान हुन सकेन भनिरहेकोमा अहिले ब्याजको दर झन्डै एकल अंकमा आइपुग्दा समेत कर्जा प्रवाह नहुदा बैंकहरुले पनि आत्मविश्वास गुमाएको उनले बताए।  

अहिले कोभिडको समय भन्दा पनि संस्तो अर्थात औषतमा कर्जाको ब्याज १० प्रतिशत हुँदापनि कर्जा प्रवाह हुन नसक्नु चिन्ताको बिषय भएको समेत उनले बताए।   "ब्याजको दर एकल अंकमा आइपुग्दा पनि घरजग्गा र शेयरबजार बढ्न नसक्नुमा आत्मविश्वास नहुनु नै हो"  उनले भने। 

बैंकमा भएको पैसा राष्ट्र बैंकमा थुपार्नुपर्ने अवस्था आउनुले बैंकहरुको लागत बढ्न गइ बैंकहरुले दिने प्रतिफल पनि घट्दो क्रममा रहेकाले अहिले व्यवसायीले मात्र नभई बैकले पनि आत्मविश्वास गुमाएको उनले बताए। 

उनकाअनुसार अहिले बैंकहरुले आफुसंग बढी भएको पैसा राष्ट्र बैंकमा ३ प्रतिशतको ब्याजमा निक्षेप राख्दै आएका छन्। यो लगायत बिभिन्न कारणले गर्दा पछिल्लो समय बैंकहरुको प्रतिफल पनि साढे ८ प्रतिशतमा खुम्चिएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved