नेपालका उद्योगमा लोडशेडिङ गराएर भारतलाई बिजुली, कुलमानको व्यवहारमा के भन्छन् व्यवसायी ?

यसोदा चौलागाईं

यसोदा चौलागाईं

Jun 05, 2024 | 01:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समयमा नेपालका स्वदेशी उद्योगहरु विभिन्न कारणले गर्दा समस्यामा छन् । पछिल्लो समय भइरहेको लोडसेडिङको समस्याका कारण स्वदेशी उद्योगहरु समस्याग्रस्त अवस्थामा पुगेका हुन्। 

नेपाल विद्युत प्राधिकरणले गत सोमबारदेखि नै देशभित्र खपत गरी बचत रहेको बिजुली भारतमा बिक्री शुरु गरेको जानकारी गराएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयमले विद्युत निर्यात हुन थालेको जानकारी गराएका थिए । आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन भएकाले निर्यात थालिएको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणले विद्युत निर्यात शुरु गरिरहँदा पर्याप्त मात्रामा विद्युत् पाउन नसकेको स्वदेशी उद्योगीहरुले गुनासो गरेका छन् ।  तर, स्वदेशका मूख्य औद्योगिक क्षेत्र अहिले पनि अघोषित लोडशेडिङको मारमा परेका छन् । प्रसारण लाइन पूर्वाधारको अभावमा बारा–पर्सा औद्योगिक कोरिडोर, सुनसरी–मोरङ औद्योगिक कोरिडोरजस्ता मूख्य औद्योगिक क्षेत्रमा अझै पनि लोडशेडिङ कायमै रहेको उद्योगीहरूले बताएका छन् । 

विभिन्न औद्योगिक क्षेत्र, स्थान र उद्योगहरुमा आजभोलि उद्योगीहरुले दैनिक जसो लोडसेडिङको समस्या झेलिरहेका छन् । स्वदेशी उद्योगीहरुले नै लोडशेडिङको समस्या खेपीरहेको बेला बिजुली बिक्री शुरु गर्ने प्राधिकरणको निर्णय बाझिएको छ ।उद्योगी व्यापारीसम्बद्ध संघसंस्थाले स्वदेशमै आपूर्ति सहज नभएको अवस्थामा  निकासीको अर्थ नरहेको भन्दै आलोचना गरिरहेका छन् । 

लोडशेडिङ कायमै रहँदा उत्पादन क्षमता पनि घटेको उद्योगीहरुको भनाइ छ । लोडशेडिङ कायमै रहँदा उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ काम नलाग्ने गरी बिग्रने, टुट्ने, फुट्नेलगायतको थप क्षति हुने गरेको छ । 

नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुब थापाले हालैका दिनमा सिमेन्ट उद्योगमै विद्युत् अपुग भइरहेको बताएका छन् ।  लोडशेडिङ र लोभोल्टेजकै कारण उद्योगको वित्तीय अवस्था पनि खस्किएको उनको भनाइ छ । २४ सै घण्टा सञ्चालन गनुपर्ने उद्योगमा भोल्टेज कम हुँदा चलाउन नमिल्ने र पुन सञ्चालन गर्न कम्तिामा पनि ४५ मिनेट लाग्ने हुँदा समस्या भएको अध्यक्ष थापाले बताए । “प्राधिकरणले स्वदेशी उद्योगहरुलाई पर्याप्त मात्रामा विद्युत् दिएर मात्र निर्याततर्फ जानुपर्छ”, उनले विजपाटीसँग भने  । 

उच्च माग तथा ओभरलोड, श्रोतसँगको लामो दुरीका कारण लो भोल्टेजका समस्याहरु पनि देखा परेका छन् । व्यवसायी एवम् उद्योगी शशीकान्त अग्रवालले स्वदेशी उत्पादनलाई विद्युत नपुगेको अवस्थामा भारत निर्यात गरेर स्वदेशी उद्योगलाई बन्द गर्न खोजिएको बताए । विराटनगर क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएका उद्योगी अग्रवालले हाल दैनिकै जसो १२ घण्टा लोडशेडिङ खेपीरहेको बताए । “मेरौ उद्योगमा पनि दैनिक १२ घण्टा लोडसेडिङ भइरहेको छ, यस्तो अवस्थामा हामीले  कसरी उद्योग सञ्चालन गर्न सक्छौं, झयाप् झयाप् बत्ति जाँदा त्रासमै उद्योग सञ्चालन गर्नुपरेको छ” उनले भने  । 

लोडशेडिङको कारण स्वदेशी उद्योगीहरुले समस्या झेल्नु परेको कुरा उद्योगीहरुले बताइरहेको बेला विद्युत् प्राधिकरणले भने  स्वदेशी उद्योगहरुका लागि विद्युत् पर्याप्त भएको दाबी गरेको छ । अघोषित लोडशेडिङले २४ सै घण्टा चल्नुपर्ने उद्योगहरूलाई बढी असर परेको छ । तीन सिफ्टमा सञ्चालित कतिपय उद्योगहरु अहिले दुई सिफ्टमा मात्र सञ्चालनमा छन् । 

उद्योग सञ्चालकहरु भने आन्तरिक माग पूरा गरेर निर्यात गर्ने योजना बनाउँदा मात्र स्वदेशी उद्योगहरू बाँच्न सक्ने बताउँछन् । यस्तो अवस्थामा प्राधिकरण र उद्योगीहरुले एकापासमा समन्वय गरेर समस्या समाधान गर्न आवश्यक छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved