मौद्रिक नीतिमा महतको असहमति, भने- शेयर बजारमा साना लगानीकर्ता डुब्ने खतरा देखियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2024 | 09:20:06 PM मा प्रकाशित

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको आरोप लगाएका छन्। राष्ट्र बैंकले ल्याएको चाहिने भन्दा बढी खुकुलो नीतिले अर्को वित्तिय अराजकता ल्याउने खतरा रहेको उनले बताए। 

शुक्रबार अर्थसमितिमा बोल्ने क्रममा महतले भने, "यसअघि खुकुलो मौद्रिक नीति ल्याउँदा अत्याधि कर्जा प्रवाह भयो तर उत्पादनमुलक क्षेत्रमा गएन। जसले गर्दा ऋण उठाउन गाह्रो भयो। अत्यधिक खुकुलो मौद्रिक नीति लिँदा अर्को समस्या आउने खतरा रहन्छ।"

यद्दपि पुर्वअर्थमन्त्री महतले कस्तो मौद्रिक नीति ल्याउने भन्ने कुरा राष्ट्र बैंकको क्षेत्राधिकारको बिषय भएको बताए। आफु अर्थमन्त्री हुँदा गभर्नर अधिकारीले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गरेको र पछि फेरि धेरै कसिलो गरेको बताए। 

डा.महतले भने,‘१८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउनुभएको छ, गभर्नर र अर्थमन्त्रीको राम्रो ट्युनिक मिलेको छ भन्ने सुनिराखेका छौँ ।’

उनले भने,'वित्तीय विवरण कमजोर भएको कम्पनीको शेयरमूल्य दोब्बर हुनुको कारण के हो ? हल्लाको भरमा शेयर बजार बढिरहेको छ। बजार बढ्यो भनेर रमाउने मात्र कि साना लगानी कर्ता फसे भनेर सचेत पनि हुने हो ?’

अहिले सेयर बजारमा उत्साह आउनुको कारण नेपाली कांग्रेस र नेकपा एमाले सहितको सरकारप्रतिको विश्वास रहनु रहेको डा. महतले बताए ।कम्पनीको वित्तीय विवरण अनुसार शेयर बजार बढेको नभई अनावश्यक रूपमा बढाइएको उनले बताए । उनले यसले सेयर बजारमा साना लगानीकर्ताहरू डुब्ने खतरा बढाएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved