जग्गा प्राप्ती र रुख कटानीका कारण जलविद्युत् परियोजनाको निर्माणमा समस्याः इप्पान अध्यक्ष कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2024 | 09:51:54 AM मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) बन, जग्गा प्राप्ती, रुख कटानी जस्ता विषयका कारण पनि निर्माण कार्यमा समस्या भइरहेको बताए । जलविद्युत् परियोजनाको निर्माण  कार्यमा पनि यस्तो समस्या देखिएको उनको भनाइ छ ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् । 

परियोजनाको निर्माण सुरु हुनु भन्दा पहिला नै बन, जग्गा प्राप्ती, रुख कटानी जस्ता बिषयमा आउने समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । परियोजना निर्माण सम्बन्धी पुर्व तयारी सम्पूर्ण रुपमा सम्पन्न गरेर  मात्रै निर्माण सुरु गर्नुपर्ने बताए । 

यस्तै, लक्ष्यअनुसार जलविद्युत् परियोजना निर्माण गर्न सरकारले लगानी जुटाउने मामिलामा सहयोग गर्नुपर्ने बताए । साथै, जलविद्युत् परियोजनाको निर्माणमा स्वदेशी निर्माण व्यवसायीलाई नै प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । 

‘सरकारले २०३५ भित्र साढे २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा निजी क्षेत्रले पनि सहयोग गर्नेछ । साथै, विद्युत् निर्यात गर्ने लक्ष्य लिइएको छ । तसर्थ, यसमा लगानी प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ,’ उनले भने, ‘साथै, त्यसको निर्माणका लागि स्वदेशी निर्माण व्यवसायीहरुलाई नै प्रोत्साहन गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved