नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको नाफा घटाउन राष्ट्र बैकले प्रोभिजनिङ बढाएको भन्ने आरोपको खण्डन गरेका छन्। नेपाल बैंकर्स संघको बार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा गभर्नर अधिकारीले बैकको नाफा घटाउन प्रोभिजनिङ नबढाएको स्पष्ट पारेका छन्।
उनले भने, "लाभांश बढी खान्छन कि भनेर राष्ट्र बैंकले बढी प्रोभिजनिङ गर्दियो भन्ने यदा कदा सुनेको छु, त्यस्तो बिल्कुन होइन, साथीहरुलाई त्यसरी नबुझिदिन म आग्रह गर्छु। नाफा घटाउन नभई बैंकहरुलाई नै बचाउन गरिएको प्रयास हो।"
पर्फर्मिंग एसेस्टमा पनि उठ्न बाँकी अरबौं रुपैयाँ रहेको परिस्तिथिबाट नेपालका बैंकहरु गुज्रिरहेकाले आफुहरुले गरेको प्रोभिजनिङ अहिले बैंकहरुको लागि ठिक साबित भएको उनले बताए। २६ प्रतिशत लाभांश बाड्ने बैंक पनि हामि माझ छन्, लाभांश बाढ्न नसक्ने बैंक पनि हामि माझ छन् त्यसैले हामीले बैंकहरुले बढी लाभांश खान्छन भनेर
राष्ट्र बैंकले प्रोभिजनिङमा कडाई गर्दा गर्दै पनि केहि बैंकले अहिलेपनि २६ प्रतिशतसम्म लाभांश दिएको स्मरण गराउदै गभर्नर अधिकारिले लाभांश खाने चिन्ता भएको भए त्यो लाभांश पनि रोकेको हुनुपर्ने बताए।
स्क्रिनिंग गरेर कर्जा प्रवाह गर्ने बैंकहरुले यस्तो कठिन अवस्थामा पनि २६ प्रतिशत लाभांश दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले लाभांश खाए भन्ने चिन्ता राष्ट्र बैंकलाई नभएको स्पष्ट पारे।