अर्थतन्त्र सुधारका लागि आयोगको सुझाव तत्काल कार्यान्वयन गर्छौं : अर्थमन्त्री विष्णु पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2025 | 10:16:33 PM मा प्रकाशित

nepal oil ltd

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रस्तुत गरेका सिफारिसहरूलाई सरकारद्वारा तत्काल कार्यान्वयन गरिने बताएका छन्। नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आयोगका सुझावहरूलाई गम्भीरतापूर्वक विश्लेषण गरी तत्काल कार्यान्वयनको योजनामा लैजाने बताएका हुन्।

अर्थतन्त्रलाई सुधारतर्फ लैजाने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री पौडेलले “अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर २०८२/८३ को बजेट प्रस्तुत गरिने छ,” भन्ने धारणा व्यक्त गरे। उनले चालू आर्थिक वर्षको अन्त्यसम्म बजेट तयारीलाई पूर्णता दिने र आगामी बजेटले प्रतिफल दिने खालको नीतिगत प्रबन्ध ल्याउने बताए।

उनका अनुसार सरकारले आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न स्वदेशी स्रोत परिचालनमा विशेष ध्यान दिनेछ। “अनुशासन नभए थप समस्या निम्तिन सक्छ भन्ने कुरामा सरकार सचेत छ,” भन्दै उनले बजेट निर्माणमा निजी क्षेत्र र उत्पादनमूलक गतिविधिहरूलाई प्राथमिकता दिने धारणा राखे।

गभर्नर नियुक्ति सन्दर्भमा उठेका चर्चालाई खण्डन गर्दै पौडेलले योग्य र सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। “बजारमा जे चर्चा छ, त्यो सत्य होइन। सरकारले जिम्मेवार ढङ्गले निर्णय गर्छ र सकारात्मक सन्देश जाने गरी निर्णय चाँडै सार्वजनिक गरिनेछ,” उनले भने।

त्यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार आयोजना अघि बढाएको र समृद्धिको अभियानमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै मन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा सरकार गम्भीर रहेको दाबी गरे।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved