गार्डियन माइक्रोलाई कारबाही नभई प्राधिकरणले स्पष्टीकरण मात्र मागेको होः सीईओ भण्डारी

सीता बुढाथोकी

सीता बुढाथोकी

Apr 18, 2025 | 08:09:59 AM मा प्रकाशित

nepal oil ltd

पछिल्लो समय बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समाथि कारबाही गरिएको चर्चा  चलिरहदा कम्पनीले उक्त समाचार सत्य नभएको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक चिरायु भण्डारीले नेपाल बीमा प्राधिकरणले कारबाही नभई स्पष्टिकरण मात्रै मागेको दाबी गरेका छन् ।

भण्डारीका अनुसार गार्डियनले हकप्रद सेयर निष्कासनका लागि प्राधिकरणमा आवश्यक जानकारी दिइसकेको छ । “हामीमाथि कारबाही गरिएको भन्ने समाचार सत्य हैन,” उनले भने, “प्राधिकरणले हकप्रद निष्कासन गर्न लागेको विषयमा स्पष्टिकरण मागेको हो, जुन हामीले सोही दिन बुझाइसकेका छौं ।”

उनले जबाफमा कम्पनीले हकप्रद निष्कासनको कारण पुँजी वृद्धि रहेको र यसले बीमा कम्पनीलाई बलियो बनाउने भएकाले स्वाभाविक प्रक्रिया भएको उल्लेख गरेको जानकारी दिए । कम्पनीले एक कित्ता बराबर एक कित्ताको अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको थियो ।

हकप्रद सहितको एजेन्डा राखेर  कम्पनीले चैत १८ गते सञ्चालक समिति बैठकमार्फत वैशाख ५ गते विशेष साधारणसभा बोलाएको हो । तर बिमा प्राधिकरणले विशेष साधारण सभा स्थगित गरिदिएको छ । कम्पनीले केही समयअघि आईपीओ निष्कासन गरी चुक्ता पुँजी ७५ करोड रूपैयाँ पुर्‍याएको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved