भ्रमण वर्ष स्थगित, सचिवालय बैशाख १ गते विघटन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 04:34:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित गरेको छ । अप्रिलसम्मका लागि मात्रै स्थगित भएको भ्रमण वर्ष औपचारिक रुपमै स्थगित गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार सरकारको चैत ९ गते नै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो ।  भ्रमण वर्षको सचिवालयसमेत बैशाख १ गतेबाट विघटन हुनेछ । 

सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने अभियान थालेको थियो । तर कोरोना भाइरस विश्वव्यापी महामारीका कारण भ्रमण वर्ष स्थगित भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved