सेयरबजार साप्ताहिक समिक्षा: कारोबार संख्या दोब्बरले बढ्यो, यी हुन उच्च पूँजीकरण भएका १० कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 08:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता पुरै ५ दिन सेयर कारोबार भएको छ। गत साताको तुलनामा कारोबार संख्या झन्डै दोब्बरले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। यस हप्ता ४६ हजार ८ सय ३४ वटा कारोबार भएको छ |

यो साता बजार परिसूचक नेप्से अधिकतम ११७८.९२, न्यूनतम ११६८.०६ र बन्द हुँदा ११७२.७८ अंक कायम भएको छ| गत साता १ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा यो साता १ अर्ब ६२ करोड ५७ लाख रुपैयाँको मात्र कारोबार भएको छ। कारोबार रकम गत साताको तुलनामा २३ करोडले कम हो।

गत साता दैनिक औषतमा ३७ करोड रुपैयाँको कारोबार भएकोमा यो साता औषतमा दैनिक ३२ करोडको मात्रै कारोबार भएको छ। औषत कारोबार रकम समेत ५ करोडले घटेको छ। 

त्यस्तै बजार पूँजीकरण अघिल्लो साताको तुलनामा १ दशमलव २३ प्रतिशतले घटेर १४ खर्व ३० अर्व ८० करोड ८२ लाख कायम भएको छ| अघिल्लो हप्ता १४ खर्व ४८ अर्व ६३ करोड ५ लाख १० हजार कायम भएको थियो|

बजार समाचार 

आर्थिक वर्ष समाप्त भएको पनि ६ महिना बितिसकेको छ | ६ महिना वितिसक्दा पनि कतिपय कम्पनीले साधारणसभा घोषणा गर्न बाँकि रहेको छ | पुरानो र उच्च सुशासनयुक्त नविल बैंकले पनि अहिलेसम्म साधारणसभा आव्हान गरेको छैन | त्यस्तै ओम डेभलपमेन्ट बैंकलाई विलय गर्न लागेको प्राइम बैंकले पनि लाभांश घोषणा गरेर पनि साधारणसभा आव्हान गरेको छैन | त्यस्तै दुविधायुक्त लाभ घोषणा गरेको कुमारीले पनि साधारणसभा आव्हान गरेको छैन | नेपाल कमर्श एण्ड कमर्श, नेपाल, कृषि, प्रभुले पनि साधारणसभा आव्हान गरेको छैन | 

नेप्सेमा सूचीकृत कुनै पनि विमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् | अझसम्म पनि केहि जलविद्युत, लघुवित्त, बित्त, विकास बैंकले पनि साधारणसभा आव्हान गरेका छैनन् |  

उच्च पूँजीकरण भएका १० कम्पनी 

नेपाल दूरसञ्चार कम्पनीलाई पूँजीकरणमा जित्न अझ केहि वर्ष लाग्ने देखिन्छ | उच्च पूँजीकरण भएका १० वटा कम्पनीको विवरण निम्न रहेको छ | नेप्सेको साप्ताहिक प्रतिवेदनमा तामाकोशीको स्थान १० सौमा नदेखिएको भए पनि वेवसाइटमा भने देखिन्छ | बोनस शेयर संख्या समायोजन नहुँदा यस्तो समस्या देखिएको छ |  

                             

कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

कम्पनी

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार कम्पनी

,०९,५०,००,००,०००

७३०

नबिल बैंक

६७,५२,४२,६१,०००

८४०

नेपाल इन्भेष्टमेन्ट बैंक

५७,१७,०२,२४,०६६

५३८

नेपाल लाइफ इन्सुरेन्स

४८,३६,६२,१४,६००

११००

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४५,४२,४८,११,५०२

५६७

एभरेष्ट बैंक

४२,३०,१५,७१,६९९

५४२

हिमालयन बैंक

३६,६७,६२,१६,०९२

४५२

नेपाल एसविआई

३१,५४,३८,६८,७७६

३९२

एनआइसि बैंक

३१,४८,१९,७८,६४०

३९२

अपर तामाकोशी 

२९०१६६००२७४

२७४

कम्पनी

रकम

अपर तामाकोशी

४८,१९,००,०००

नागरिक लगानी कोष

१०,८१,३०,०००

छिमेक लघुवित्त

,६९,६०,०००

माछापुच्छ्रे बैंक

,५९,५०,०००

प्रभू बैंक

,७५,६०,०००

नेपाल बैंक

,५६,४०,०००

नेपाल इन्भेष्टमेन्ट बैंक

,९०,५०,०००

नेपाल लाइफ इन्सुरेन्स

,८५,७०,०००

एनएमवि बैंक

,७७,००,०००

एनआइसि बैंक

,४१,००,०००

 

कारोबार संख्याका हिसाबले १० कम्पनी

अपर तामाकोशी

२८८७७

कालिका पावर

६०८

नागरिक लगानी कोष

५६२

पन्चकन्या माइ हाइड्रोपावर

५३६

प्रभु बैंक

४७६

एनएमवि बैंक

४४२

नेपाल इन्भेष्टमेन्ट बैंक

४३९

प्रिमियर इन्सुरेन्स

४२७

नेपाल इन्सुरेन्स

३७२

मेगा बैंक

३५९

 

 

 

 

 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved