संचारमन्त्रीको 'बोलि'ले टेलिकमको सेयर मुल्य प्रभावित, सूचकसंगै बजार पुँजीकरणमा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 10:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता पुरै ५ दिन सेयर कारोबार भएको छ। यस साता कारोबार मापन गर्ने बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर ११३९।५७ को बिन्दुमा ओर्लिएको छ। गत साताको तुलनामा यो साता नेप्से २२.०६ अंकले घटेको हो। 

गत साताको तुलनामा बजार पुँजीकरण १.८८ प्रतिशतले घटेर १३ खर्ब ९० अर्ब ६३ करोडमा ओर्लिएको छ। गत साता १४ खर्ब १७ अर्ब २१ करोड ६० लाख कायम भएको थियो।  

विषय

यस हप्ता

अगिल्लो हप्ता

फरक

पूँजीकरण (रु.)

१३,९०,६३,९६,५०,०००

१४,१७,२१,६०,००,०००

-.८८%

कारोबार रकम (रु.)

,५०,४४,४०,०००

,३३,८१,८०,०००

१२.४२%

दैनिक कारोबार (रु.)

३०,०८,९०,०००

२६,७६,४०,०००

१२.४२%

कारोबार (संख्या)

२७,६८६

२६,६८८

.७४%

नेप्से सूचक

,१३९.५७

,१६१.६३

-२२.०६ अंक 


बजार समाचार 

यससाता सेयरबजारमा ड़ा युबराज खतिवडाले ऋण लिएर सेयर कारोबार नगर्न गरेको आब्हान चर्चाको बिषय बन्यो। ड़ा खतिवडाले सरकारले लगानीकर्ताको अधिकांश माग पुरा गरेकाले अब लगानीकर्ताको बजारप्रतिको प्रतिकृया हेर्न बाँकी रहेको बताए। 

त्यस्तै यो साता सेयरबजारमा सबैभन्दा बढी पुंजीकरण भएको सरकारी स्वामित्वको नेपाल टेलिकमको १५ औ बार्षिकोत्सवमा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले टेलिकमको बारे बताएका बिषयहरु अर्को चाँसोको बिषय बन्न पुगेको छ। मन्त्री बास्कोटाले टेलिकममा कुनै बिदेशी साझेदार नल्याउने र नेपाली जनतालाई नै टेलिकमको साझेदार बनाउने उद्घोष गरेका छन। मन्त्री बास्कोटाको उदघोषलाई सेयरलगानीकर्ताले मन पराएका छैनन। जसकारण उक्त खबर बाहिर आएपछि टेलिकमको सेयरमुल्यमा गिरावट आएको छ। 

यस साता नबिल बैंकको लाभांश रद्द भएको बिषय समेत सेयर लगानीकर्ताबीच चर्चाको बिषय बन्यो। यद्दपी बिजपाटी डटकमले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसंग सम्पर्कगरि लाभांशबारे समाचार तयार गरेको छ। सीईओ शाहकाअनुसार राष्ट्र बैंकले नबिल बैंकले प्र्स्ताब गरेकै १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।   

नेप्सेमा सुचिकृत कम्पनीहरुले बेलैमा साधारणसभा गर्न नसकेको कुरा समेत यससाताको समाचारको बिषय बनेको छ। कम्पनीहरु बेलैमा सभा गर्न चुकेका छन् | झन् जीवन र निर्जीवन विमा समुहका कम्पनीले बेलामा सभा गरे भने अनौठो घटना बन्ने दिन आएको छ |  अर्धवार्षिक वित्तीय विवरण प्रकाशन हुने क्रमले तीव्रता पाएको छ | प्रकाशित वित्तीय विवरण उत्साहित पार्ने किसिमको छ| 

अन्य गतिविधि 

यस हप्ता हाम्रो विकास बैंकको बोनस शेयर सूचीकरण भएको छ | हाम्रो विकास बैंक ज्योति विकास बैंकसँग विलयको अन्तिम चरणमा रहेको छ | त्यस्तै सिटी एक्सप्रेस फाइनान्स, नयाँ नेपाल लघुवित्त र सहारा विकास बैंकको हकप्रद शेयर पनि सूचीकरण भएको छ | सहारा देव विकास बैंकसँग विलय हुने क्रममा रहेको छ  |  

जानकी फाइनान्स, रिडी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तले धितोपत्र वोर्डमा बोनस शेयर दर्ता गरेका छन् | यी पनि छिट्टै सूचीकरणमा आउने क्रममा रहेका छन् |  आशा लघुवित्तले जारी गरेको साधारण शेयर बाँडफाँड गरेको छ | नेपाल स्टक एक्सचेन्जमा सूचीकरण हुने लघुवित्त समुहको यो ४१सौ कम्पनी हुनेछ | 

युनिभर्सल पावर कम्पनीले पौष २९ गतेसम्म साधारण शेयरमा आवेदन खुल्ला गरेको छ | नेपाल स्टक एक्सचेन्जमा सूचीकरण हुने जलविद्युत समुहको सम्भवत यो २६सौ कम्पनी हुनेछ | २५सौंको स्थान घलेम्दी हाइड्रोले लिने सम्भावना रहेको छ | 

नेपाल धितोपत्र वोर्डमा सनराइज र एनएमबी बैंकले ऋणपत्र जारी गर्नको लागि अनुमति मागेका छन् | ऋणपत्रमा गरिने लगानीलाई अत्यन्त अत्यन्त सुरक्षित मानिन्छ | एनआईसि एसिया बैंकले वार्षिक १० प्रतिशत व्याज दिने ऋणपत्र जारी गरिरहेको छ | ऋणपत्रको अवधि १० वर्ष रहेको छ | ऋणपत्र भनेको बैंक वा कुनै पनि कम्पनीले सर्वसाधारणसँग ऋण लिएको हो | यस्तो ऋण लिँदा कम्पनीले आफ्नो जायजेथा धितो राखी वा नराखी ऋण उठाउन सक्छन | यस्ता ऋणपत्र बैंकमा धितो राखी ऋण लिन सकिन्छ |   

 उच्च पूँजीकरण भएका १० कम्पनी 

कम्पनी

यो हप्ता

गत हप्ता

पूँजीकरण

अन्तिम

मूल्य

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार

,०६,०५,००,००,०००

७०७

,०९,३५,००,००,०००

७२९

नबिल बैंक

६६,८०,०७,८६,७७५

८३१

६७,६०,४६,४७,०२५

८४१

नेपाल इन्भेष्टमेन्ट बैंक

५५,३६,३७,२९,९९७

५२१

५६,५३,२६,३७,९२४

५३२

नेपाल लाइफ इन्सुरेन्स

 ४६,३८,७५,९६,७३०

,०५५

४७,८३,८५,८३,१६८

,०८८

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४४,५४,३५,५४,१३६

५५६

४५,२६,४५,८२,८९०

५६५

एभरेष्ट बैंक

४१,५७,९१,५३,९६६

५१८

४२,०६,०७,६५,७८८

५२४

हिमालयन बैंक

३४,९७,२२,३२,६०२

४३१

३६,३५,१६,४७,८०८

४४८

एनआइसि बैंक

३१,३२,१३,५६,३००

३९०

३१,४०,१६,६७,४७०

३९१

नेपाल एसविआई बैंक

३०,६५,८७,०९,१९३

३८१

३०,६५,८७,०९,१९३

३८१

एनएमवि बैंक

२७,३६,८०,४४,५४६

३१३

२७,७१,७७,९५,९१५

३१७


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

कम्पनी

रकम

तामाकोशी हाइड्रोपावर

१०,४४,८०,०००

नेपाल बैंक

,६५,५०,०००

नेपाल दूरसञ्चार

,१६,७०,०००

माछापुच्छ्रे बैंक (संस्थापक)

,९३,१०,०००

नागरिक लगानी कोष

,७९,५०,०००

नबिल बैंक (संस्थापक)

,७७,५०,०००

नेपाल इन्सुरेन्स

,५९,३०,०००

नेपाल इन्भेष्टमेन्ट बैंक

,५२,३०,०००

एनएमवि बैंक

,९४,९०,०००

छिमेक लघुवित्त

,६७,३०,०००


कारोबार संख्याका हिसाबले १० कम्पनी

कम्पनी

कारोबार संख्या

तामाकोशी

,९७३

सामुदायिक लघुवित्त

,८५१

मेरो माइक्रोफाइनान्स

५३७

नेपाल इन्भेष्टमेन्ट बैंक

५१६

नेपाल लाइफ इन्सुरेन्स

४७४

पन्चकन्या माइ हाइड्रोपावर

४६९

मेगा बैंक

४६६

नेपाल इन्सुरेन्स

४५९

एनआइसि बैंक

४३३

प्रभू बैंक

४२८


 

शेयर संख्या कारोबारका हिसाबले १० कम्पनी

कम्पनी

शेयर संख्या

माछापुच्छ्रे बैंक (संस्थापक)

,२२,०००

तामाकोशी हाइड्रो

,२६,०००

नेपाल बैंक

,३०,०००

प्रभू बैंक संस्थापक

,४२,०००

एनएमवि बैंक

,२५,०००

प्रभू बैंक

,२५,०००

सोल्टी होटेल

,०७,०००

सिभिल बैंक

९९,०००

मेगा बैंक .

९९,००००

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

९४,०००



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved