कोरोनो भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, कुन देशमा कति सङ्क्रमित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 11:24:36 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा कोरोनोभाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुगेको । संक्रमितमध्ये १ हजारभन्दा बढीको अवस्था जटिल रहेको बताईएको छ । विभिन्न देशमा गरी सङ्क्रमणमा पर्नेको संख्या करिब ६ हजार पुगेको  छ । 

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार अन्य देशमा पनि कोरोनोभाइरको सङ्क्रमण हुनेको संख्या बढिरहेको छ । चीनपछि  बढी कोरोनोभाइरसबाट  संक्रमित भएको देश थाइल्याण्ड हो ।

कुन कुन देशमा कति संक्रमित ?

उक्त भाइरसबाट संक्रमणमा पर्ने ६ हजारभन्दा बढीमा ५ हजार ५७२ जना चीनका नागरिक हुन् भने बाँकी अन्य देशका छन् । थाईल्याण्डका १४,  अष्ट्रेलियाका ५, सिंगापुरका ७, फ्रान्सका ४, मलेसियाका ४, जापानका ७, दक्षिण कोरियाका ४, अमेरिका ५, ताइवान ८, श्रीलंका १, मकाउ ७, आइकोस्टा १, हंकंग ८, जर्मनी ४, क्यानडा २, कोलम्बिया १, भियतनामका २ र नेपालका १ जना नागरिक कोरोनाभाइरसको संक्रमणमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

तर हालसम्म चीन बाहेक अन्य देशका यो भाइरसका कारण कुनै मानिसको मृत्यु भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved