पाकिस्तानमा फैलिदै कोरोना, संक्रमितको संख्या १ लाख २५ हजार बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 10:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोन भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यससंगै सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ९३३ पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ । तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।

पञ्जाब प्रान्तमा सवैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमितहरु रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना सङ्क्रमित भएका छन् ।  

त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७८७ जना, बालुचिस्तानमा सात हजार ६७३ जना, इश्लामावादमा छ हजार ६९९ जना, गिल्गिट बाल्टिस्तानमा एक हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५३४ जना सङ्क्रमित रहेको अधिकारीहरुले जनाएका छन् ।

देशभरी कूल आठ लाख नौ हजार १६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घण्टामा २८ हजार ३४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved