चर्चित क्रिकेटर शाहिद अफ्रिदीले गरे आफुमा कोरोना पोजेटिभ देखिएको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 09:59:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको महामारीमा राहत तथा सामाजिक काममा ब्यस्त रहेका पाकिस्तानका चर्चित क्रिकेटर साहिद आफ्रिदीमा कोरोना पोजेटिभ देखिएको छ । गत बिहिबारदेखि अस्वस्थ महसुस गरेकाले चेकजाँच गर्दा आफुमा कोरोना पोजेटिभ भेटिएको आफ्रिदी स्वयमले ट्वीट मार्फत जानकारी दिएका छन् । 

यससँगै अफ्रिदी पनि कोरोना पोजेटिभ पाइएका चर्चित सेलिब्रेटीको सुचिमा सामेल भएका छन् । पाकिस्तानमा कोरोना पोजेटिभ देखिएका उनि दोस्रो क्रिकेटर हुन् । पाकिस्तानका राष्ट्रिय क्रिकेट टिमका ओपनर तौफिक उमरमा कोरोना पोजेटिभ भेटिएको थियो । यद्दपी उमर अहिले कोरोना मुक्त भएका छन् । 

अफ्रिदीले कोरोनाका कारण प्रभावित हजारौं मानिसहरुलाई राहत वितरण तथा सहयोग गर्दै आएका थिए । उनको टिमले पाकिस्तानमा लकडाउन सुरु भएयता आर्थिक अवस्था कम्जोर भएका लाखौँलाई राहत वितरण गरिसकेको छ । 

जेठ ३१ बेलुका दशबजेसम्म कोरोनाका कारण विश्वभर ४ लाख २९ हजार ७७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस अवधिमासम्म विश्वभर ७७ लाख ९८ हजारमा कोरोना पोजेटिभ देखिएको छ । पाकिस्तानमा मात्रै यस अवधीसम्म १ लाख ३२ हजार ४०५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २ हजार ५५१ जनाको मृत्यु भएको छ । यसअवधिसम्म कोरोना देखिएका मध्ये ५० हजार निको भईसकेका छन् । पाकिस्तानमा प्रति १० लाख जनसंख्या बराबर १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved