पाकिस्तानमा लकडाउनको साट्टो 'स्मार्ट लकडाउन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 11:33:45 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी अधिकारिहरुले देशका सयौं ठाउँमा स्थानीय स्तरमा लकडाउन लागू गरेका छन्। यस प्रकारको लकडाउनलाई स्मार्ट लकडाउनको नाम दिईएको छ। यस अन्तर्गत .कोरोना संक्रमण धेरै पाइएको ठाउँलाई बन्द गरिएको छ भने मानिसहरुलाई घरमै रहन आग्रह गरिएको छ। 

मार्चमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुरै देशमा लकडाउन गर्ने घोषणा गरेका थिए। तर पछि अर्थव्यवस्थालाई देखाएर उनले लकडाउनलाई केहि खुकुलो बनाउने निर्णय गरेका थिए। 

उनले शनिबार एक कार्यक्रममा बोल्दै पाकिस्तान जस्तो देशहरुमा स्मार्ट लकडाउनको विकल्प नभएको बताएका छन्। कोरोनाबाट बच्नको लागि स्मार्ट लकडाउनको अवधारणालाई अपनाउदा मात्र गरिब तथा श्रमिक बर्गलाई असर नपर्ने उनको भनाई छ। साथै उनले आम सर्वसाधारणलाई चेतावनी समेत दिएका छन्। आफ्ना नागरिकले लकडाउनको नियमलाई उल्लङ्घन गरेकोमा आफु दुखि भएको उनले बताएका छन्। इमरान खानले साबधानी नै अहिलेको स्थितिसँग लड्ने आधार भएको भन्दै सबैलाई नियमको पालना गर्न आग्रह गरेका छन्। 

पाकिस्तानमा शनिबार  अहिलेसम्मकै धेरै कोरोना संक्रमण देखिएका छन्। जेठ ३१ बेलुका दशबजेसम्म कोरोनाका कारण विश्वभर ४ लाख २९ हजार ७७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस अवधिमासम्म विश्वभर ७७ लाख ९८ हजारमा कोरोना पोजेटिभ देखिएको छ । पाकिस्तानमा मात्रै यस अवधीसम्म १ लाख ३२ हजार ४०५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २ हजार ५५१ जनाको मृत्यु भएको छ । यसअवधिसम्म कोरोना देखिएका मध्ये ५० हजार निको भईसकेका छन् । पाकिस्तानमा प्रति १० लाख जनसंख्या बराबर १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved