भारतमा एकै दिन करिब १२ हजार सङ्क्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 01:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ । 

देशभरी कुल सङ्क्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना सङ्क्रमण मुक्त भएका छन् । 

सबैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै सङ्क्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved