ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १८९ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 02:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समय अनुसार बेलुका ४।४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved